पूर्वीनाकामै एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १७:२४:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/hoding_xz5fCgSErn.jpg)
१४ वैशाख, झापा । पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
स्थानीय श्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग सहयोगको आग्रह गरेको उनले जानकारी दिए । भारतमा कोरोना भाइरसको सङ्क्रमण तीब्र दरमा फैलिएपछि स्वदेश फर्किनेहरुका नाकामा भीड लाग्न थालेको छ । अहिले नाका भित्रिनेहरुलार्ई सुरक्षा निकायले निर्माण गरेको चेकजाँच स्थलमा केहीबेर राखेर पठाइने गरेको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नाकामा होल्डिङ सेन्टर बनाउने विषय नगरको मात्र नभएर प्रदेश र सङ्घीय सरकारको सरोकारको विषय भएको बताए । उनले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र सङ्घीय सरकारसँग यस विषयमा सल्लाह भइरहेको जानकारी दिए । भारतबाट आउने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएमा मेचीनगरबासी भए तत्कालै नगरपालिकाको एम्बुलेन्सले आवश्यकता अनुसार होम आइसोलेसनसम्मै पु¥याउने गरिएको उनले बताए । गत वर्ष काँकडभिट्टा माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । विद्यालय सञ्चालन गरिने भएपछि होल्डिङ सेन्टर बन्द गरिएको थियो ।
नाकाको मेची पुलको मुखमै हाल नेपाली सेनाले तीन वटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर निर्माण गरिदिएको र त्यहाँ २५ जनासम्म राख्न सकिने क्षमता रहेको मेचीनगर नगरपालिका वडा नं। ६ का अध्यक्ष ललित तामाङले जानकारी दिए । उनले नाकामा गत वर्षको झैं होल्डिङ सेन्टर व्यवस्थित गर्न आवश्यक रहेको जनाउँदै क्वारेन्टाइन र कोभिड हस्पिटल समेत नाका नजिक सञ्चालन गर्न आवश्यक भइसकेको बताए । जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ४८१९, डिस्चार्ज ४५१९, आइसोलेसनमा १६९ जना, कूल सङ्क्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको सङ्ख्या १३१ जना पुगेको छ ।
बार एसोसिएशनको आग्रह
यसैबीच नेपाल बार एशोसिएसनले कोभिड–१९ को महामारी बढ्दै गएकोप्रति चिन्ता जनाउँदै सरकारी कार्यालयहरुमा भीडभाड नियन्त्रण गर्न ध्यानाकर्षण गराएको छ । बार एशोसिएसन तथा सोही मातहत रहेको मानव अधिकार तथा जनसरोकार समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै संघीय, प्रादेशिक तथा स्थानीय सरकारले नागरिकको स्वास्थ्य सुरक्षाप्रति समयमै संवेदनशिल बन्नुपर्ने अन्यथा समस्या जटिल बन्ने विज्ञप्तिीमा उल्लेख छ ।
सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ लागु गर्दै निगरानी बढाउन र नागरिकको जीवन रक्षाका लागि सीमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई उचित स्वास्थ्य सामग्री उपलब्ध गराई कोभिड नियन्त्रण गर्न बार एशोसिएसले आग्रह गरेको छ । विज्ञाप्तिमा आपतकालीन रुपमा आवश्यक पर्ने अक्सिजन तथा अन्य आवश्यकीय स्वास्थ्य सामग्रीहरु समेतको प्रवन्ध र व्यवस्थापन गर्न माग गरिएको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै
असार १५, २०८१ शनिबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार
आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
असार १५, २०८१ शनिबार
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार
लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा
असार १४, २०८१ शुक्रबार
मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली
असार १४, २०८१ शुक्रबार