अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १७:२७:४७
१४ वैशाख, चितवन । कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति ‘डिसिसिएमसी’को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०÷२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।
गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई होमआइसोलेसन अथवा स्थानीय पालिकाले सञ्चालन गर्ने आइसोलेसनमा राखिनेछ । स्वास्थ्य अवस्था जटिल भएका संक्रमितलाई भने अस्पताल आउन डिसिसिएमसीले आग्रह गरेको छ ।
यस्तै डिसीसिएमसीले चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस ‘पुरानो मेडिकल कलेज’ लगायतका निजी अस्पतालमा थप आइसोलेसन, एचडीयू, आइसीयू र भेन्टिलेटर निर्माण गरी संक्रमितको सहज उपचार गराउन पनि आग्रह गरेको छ । यसमा सहजीकरण तथा समन्वयका लागि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको संयोजकत्वमा रहेको समितिलाई पुनः क्रियाशील बनाउन निर्देशन दिएको छ ।
जिल्लाभित्र अक्सिजन उत्पादन गर्ने सबै कम्पनीलाई क्षमताअनुसार अधिकतम अक्सिजन उत्पादन गरी मौज्दात राख्न पनि आग्रह गरिएको छ । बैठकले भरतपुर अस्पतालमा थप भेन्टिलेटरको व्यवस्था गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध
कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति ‘डिसिसिएमसी’ ले आग्रह गरेको छ । डिसिसिएमसीले अत्यावश्यक कामले घरबाहिर निस्कन परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ ।
जिल्लाभित्रका सबै एम्बुलेन्स चालकलाई २४सै घण्टा सेवा दिने गरी तयारी अवस्थामा रहन पनि आग्रह गरेको प्रजिअ लमिछानेले जानकारी दिए । यस्तै भीडभाड हुने हाटबजार बन्द गर्ने तथा सभा, सम्मेलन पनि गर्न नदिने निर्णय गरिएको छ । कार्यक्रम गर्नैपरे स्वीकृति लिएर २५ भन्दा बढी व्यक्ति सहभागी नहुने गरी मात्रै गर्न पाइने डिसिसिएमसीले जनाएको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४५८ पुगेको छ । तीमध्ये ४२१ होमआइसोलेसनमा र ३७ जना अस्पतालमा उपचाररत छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार