पुस्तौँदेखि दियालो प्रयोग गर्ने स्थानीयवासी बिजुली पाउँदा खुशी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १७:४३:९
![](https://nepalbahas.prixacdn.net/media/albums/light_qLqZDrzwkj.jpg)
१४ वैशाख, जाजरकोट । केन्द्रीय विद्युत्को प्रसारण लाइन पुगेपछि जाजरकोट र रुकुमपश्चिमका गाउँमा सल्लीको दियालो विस्थापित हुँदै गएको छ । जाजरकोटका भेरी नगरपालिका, शिवालय र छेडागाड नगरपालिकाका अधिकांश वडामा ३३ केभी प्रसारण लाइनको विद्युत् पुगेसँगै गाउँले खुशी भएका छन् ।
त्यस्तै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–३ खदीमा सल्लीको दियालोबाट उज्यालो गर्ने दिन हटेको छ । नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको दुर्गम खदीगाउँमा केन्द्रीय लाइन विस्तार गरेपछि खदीवासीले दियालोबाट मुक्ति पाएका हुन् । नगरपालिकाका १४ वडामध्ये ३ नं वडाको खदीमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो । पुस्तौँदेखि नै सल्लाको दियालो प्रयोग गर्ने स्थानीयवासी बिजुली पाउँदा खुशी भएका छन् ।
अहिलेसम्म खदीका ६० घरमा मिटरबक्स जडान गरी बिजुली बालिएको छ । दुई सय ५७ घरमा विद्युत् पु¥याउने गरी केन्द्रीय प्रसारण लाइन विस्तार थालिएको वडाध्यक्ष केशरमान विकले बताए। गत पुस २५ गते खदीको ट्रान्सफर्मरमा बिजुली बलेको थियो । प्राधिकरणको लाइन विस्तार परियोजनाअन्तर्गत जिल्लाका अन्य ठाउँमा पनि विद्युत् विस्तार तीव्र पारिएको छ । हाइड्रो इनर्जी÷महाशक्ति जेभीले जिल्लामा विद्युत् विस्तारको काम गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि हरि चन्दका अनुसार रु १९ करोड ३७ लाख लागतमा विद्युत् विस्तारको काम भइरहेको छ । जिल्लामा प्राधिकरणका झण्डै १२ हजार उपभोक्ता छन् ।
रुकुमपश्चिममा सल्यान र जाजरकोटका सबस्टेशनबाट विद्युत् आपूर्ति शुरु भएको छ । सल्यानको शीतलपाटी र जाजरकोटको कुदु सबस्टेशनबाट विद्युत् आपूर्ति थालिएको हो । यसअघि सल्यानको शीतलपाटीबाट मात्र विद्युत् आपूर्ति भइरहेको थियो । कुदु सबस्टेशनबाट चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा विद्युत् आपूर्ति शुरु गरिएको रुकुम वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए ।
रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ धैरेनीचौरमा पनि विद्युत् सबस्टेशन बन्दैछ । यसै महिनाभित्र उक्त सबस्टेशनबाट पनि विद्युत् आपूर्ति थालिने भट्टराईले बताए । उनका अनुसार धैरेनीचौरमा ३३ केभी क्षमताको विद्युत् आपूर्ति हुने गरी निर्माणको काम अन्तिम चरणमा पुगेको हो । कुदु सबस्टेशनको विद्युत्लाई जिल्लाका झण्डै १२ हजार ग्राहकसँग लिङ्क गरिएको छ । त्यस्तै जाजरकोटको भेरी नगरपालिका, पश्चिम छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाका अधिकांश ठाउँमा विद्युत् सेवा शुरु गरेको बताएको छ । केही महिनाभित्र नलगाड नगरपालिकामा समेत विद्युत् सञ्चालन गरिने छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’
फागुन ४, २०८१ आइतबार
माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
फागुन ३, २०८१ शनिबार
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न
फागुन १, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
रिलिज भएको तीन दिनमा विक्की कौशलको ‘छावा’ले कमायो ११० करोड
फागुन ५, २०८१ सोमबार
विश्वकै पहिलो ‘समलिङ्गी इमाम’ मुहसिनको गोली हानी हत्या
फागुन ५, २०८१ सोमबार
शाहरुख खान स्टार होइनन्, भावना हुन् : करण जोहर
फागुन ५, २०८१ सोमबार
उत्तरी गोरखाको नुब्री भ्यालीमा भारी हिमपात, टेलिफोन र इन्टरनेट सेवामा समस्या
फागुन ५, २०८१ सोमबार
ताइवानको सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु विमान
फागुन ५, २०८१ सोमबार
ट्राफिक प्रहरीले गर्यो सवारी जाँचमा कडाइ
फागुन ५, २०८१ सोमबार