जताततै सेतासेता र लामा चुच्चो साइबेरियन बकुल्ला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १८:१५:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/bakulla_HBHK4GQliY.jpg)
१४ वैशाख, जलेश्वर । महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने हजारी साहको अहिले दैनिक २ घण्टा इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि बित्ने गर्दछ । उनी जस्तै स्थानीय सञ्जय चौधरी, विजय साह र जीवन लामाले पनि विगत १४-१५ दिनदेखि दैनिक इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि आएर २-३ घण्टा बिताउने गरेको बताए । पशु हाट बजारको लागि प्रख्यात महोत्तरीको गौशाला नगरपालिका केही वर्षदेखि साइबेरियन बकुल्लाको बास स्थान बनेको छ । खास गरेर नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय गौशालाको परिसरमा रहेका दर्जनौँ रुख अहिले साइबेरियन बकुल्लाले गर्दा सेताम्मे बनेका छन् ।
सात समुन्द्र पारीबाट विगत १०÷१२ वर्षदेखि निरन्तर प्रत्येक चैत महिनाको अन्तिम तथा वैशाखको शुरुआतसँगै इलाका प्रहरी कार्यालय गौशालामा हजारौको सङ्ख्यामा ती बकुल्ला आउने गरेको स्थानीय रविन्द्र उप्रेतीले बताए । गर्मीको अवसर पारेर प्रजनन तथा बच्चा कोरल्न सही र उपयुक्त स्थान ठान्दै ती बकुल्ला यहाँ ५-६ महिनासम्म बस्ने गरेको उनले बताए । जताततै सेतासेता र लामा चुच्चो भएका बकुल्ला देख्दा गौशालामा जोकोहीको मन लोभिने र घण्टौँ बिताएर जाने गरेको शिक्षिका सुनिता महतोले बताए । उनले ती बकुल्ला इलाका प्रहरी कार्यालय गौशालाका अग्ला अग्ला मसला, आँप, साल, सिसौँका बोट नै छोपिने गरी बस्ने र २४ सै घण्टा विभिन्न आवाज निकालेर सबैलाई आफूतिर आकर्षित गर्ने गरेको बताए ।
साना, ठूला बकुल्लाको झुण्ड चैत वैशाखमा यहाँ आएर गर्मीभर प्रजनन् र बच्चा कोरलेपछि असोज कात्तिकतिर जाडो शुरुआतपछि साइबेरियातिर फर्किने गरेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए । मेयर महतोले नेपालमा कतै पनि नभएर गौशाला नगरपालिकामा नै प्रत्येक वर्ष आउने यी बकुल्लाले गौशालालाई पर्यटन र पंक्षी विशेषज्ञलाई आकर्षित गर्न सफल भएको बताउछन । साथै ६ महिनाको बसाइमा बकुल्लाले यहाँको वातावरणलाई मधुर र रमणीय बनाइदिने गरेको उनको बुझाइ छ ।
उनले ती बकुल्लालाई थप बास स्थान र पर्याप्त चाराका लागि गौशाला नगरभरि नै विशेष प्रकारका बिरुवा रोप्ने र खाली चौरमा विभिन्न प्रजातिका बोट विरुवा लगाउने अभियानको थालनी गर्न लागेको बताए । बकुल्लाले स्थानीय मानव एवम् अन्य पशुपक्षी तथा बालीनालीमा कुनै प्रकारको क्षति र हानी नगर्ने हुनाले सबैले यसलाई मन पराउने गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले बताए।
स्थानीय समाजसेवी दिनेश महतोले वर्षेनी आउने यी बकुल्लालाई गौशालामै टिकाउन पर्याप्त बास स्थान र चाराको व्यवस्थापन गरी यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने धारणा राखे । उनले यसको संरक्षण, सम्बद्र्धनले गौशालाको पर्यटन बढाउन साथै विज्ञको शोधखोजको गन्तव्य बन्ने धारणा राखे । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
फागुन २, २०८१ शुक्रबार
द क्लिफमा मेगाट्रोल सञ्चालनमा
फागुन २, २०८१ शुक्रबार
पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’
माघ ३०, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार