दोस्रो जीवन पाए प्रकाश गुरुङले, गाउँगाउँमा एनआरएनएको प्रसंशा
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार १९:४६:७
१४ बैशाख, झापा । गत अक्टोवर महिनामा काठमाडौंस्थित त्रिभुवन विमान स्थलमा एक जना यात्री हुवील चेयरमा उत्रिए । उनको खुट्टा चल्ने अवस्थामा थिएन् । विमानबाट स्वयसेवकहरुले झ्याकुटी पारेर उतारेका थिए । शारिरीक रुपमा निकै कमजोर र अशक्त थिए उनी । बोल्न सक्दैनथे । खुट्टामा जुता चप्पल समेत थिएनन् । मुस्किलले ज्यान बचाएर स्वदेश फर्किएका झापा जिल्ला, विर्तामोड नगरपालिका वडा नं १० निवासी ३५ वर्षिय प्रकाश गुरुङ अहिले ठमठम हिड्छन् । शारिरीक रुपमा पनि तन्दुरुस्त छन् ।
नेपाल फिरेको झण्डै ६ महिनाको अन्तरालमा गुरुङले नयाँ जीवन पाएका छन् । उनका आफन्तहरु समेत उनको स्वास्थ्य स्थितिमा आएको सुधार देखेर चकित छन् । गुरुङका आफन्त मध्येका एकले भने कस्तो अवस्थामा नेपाल आएको थियो अहिले कस्तो राम्रो भयो, हामी त कल्पना पनि गरेका थिएनौ यस्तो सुधार होला भनेर । अहिले उनको स्वास्थ्य स्थिति निकै सुधार छ, केही हिंडडुल गर्न सक्छन् ती आफन्तले बताए । अहिले छरछिमेकमा समेत खुशीयाली छ । गैरआवासीय नेपाली संघले गत वर्ष देशी शुरु गरेको मानवीय उद्धारको सहयोगको प्रसंशा गाउँगाउँ सम्म हुने गरेको छ ।
प्रकाश अहिले फुर्शदको बेला साथीभाईहरुसंग गफिएर बस्ने गर्छन् । उनको खुशीको सिमा छैन् । “सबैको सामुहिक प्रयास हुँदा अप्ठ्यारोमा परेका मानिसको जीवन कति सहज बन्दो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रकाश गुरुङ ” । उनी बैदेशिक रोजगारीका सिलसिलामा सन् २०१३ मा साउदी अरवमा गएका थिए । जटिल स्वास्थ्य समस्याका कारण झण्डै ७ बर्ष साउदी अरबको अस्पतालमा भर्ना भई झण्डै अचेत अवस्थामा रहेका उनलाई गैर आवासीय नेपाली संघले नेपाली राजदुतावाससंगको समन्वयमा गत अक्टोवरमा अन्तिम साता संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत सकुशल उद्दार गरी नेपाल फर्काएको थियो ।
गुरुङलाई नेपाल सम्म फर्काउने कार्यमा साउदीस्थित गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, नेपाली राजदुतावास साउदी अरेविया तथा संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसीले महत्वपुर्ण भुमिका खेलका थिए । गैरआवासीय नेपाली संघको बैदेशिक रोजगार तथा कल्याणकारी विभागले मध्यपूर्वमा अलपत्र परेका नेपालीहरुको उद्धारको कार्य जारी राखेको छ । संघले हाल सम्म १७ हजार भन्दा बढीको उद्धार गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार