अर्को बर्ष आकर्षक लाभांश दिन सक्षम मुक्तिनाथ विकास बैंक, व्यवस्थापन यसरी भयो सफल ?
आर्थिक संवाददाता
बैशाख १४, २०७८ बुधबार १:४२:६
१४ वैशाख, काठमाडौं । “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ” भन्ने यूरोपियन अमेरिकी समाजको जस्तो आधुनिक अवधारण बोकेको मुक्तिनाथ विकास बैंकले स्थापनाकालदेखि नै लगातार प्रगतिको बाटो समात्न सफल भएको छ । निरन्तर पुँजी वृद्धिमा आक्रामक भएको यस बैंकले विगत लामो समयदेखि नगद लाभांश भन्दा बोनस शेयरलाई नै प्राथमिकतामा राखेको देखिन्छ ।
कम्पनीले निरन्तर पुँजी वृद्धि गरेपनि कम्पनीले साेही अनुरुप आफ्नो खुद मुनाफालाई पनि वृद्धि गर्न सफल भएको देखिन्छ । यसैबीच कम्पनीले आफ्नो तेश्रो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशन गरेको छ । प्रकाशित वित्तीय प्रतिवेदन अनुसार कम्पनीले समिक्षा अवधिमा खुद मुनाफामा ४८ प्रतिशतको वृद्धि हासिल गरेको छ । बोनस शेयरमार्फत ११ प्रतिशतले पुँजी वृद्धि गरेको यस संस्थाले त्यो भन्दा धेरै गुणाले आफ्नो मुनाफामा वृद्धि गर्न सफल भएको हाे ।
९ महिनाको तथ्यांकलाई आधार मान्दा मुक्तिनाथ विकास बैंकको वितरणयोग्य मुनाफा ८२ करोड ८७ लाख रहेको छ । वार्षिक वितरण योग्य मुनाफालाई शेयरसंख्याले भाग गर्ने हो भने प्रतिशेयर वितरणयोग्य मुनाफा करिब २३ प्रतिशत हुन आउँछ । यदि चौथो त्रैमाससम्ममा पनि बैंक यही रफ्तारमा अघि बढे बैंकबाट लगानीकर्ताले प्राप्त गर्ने लाभांश अर्को वर्ष धेरै हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट बैंकले लगानीकर्तालाई ११ दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २६ प्रतिशत नगद लाभांश गरी १५ दशमलव ५१ प्रतिशत लाभांश दिएको थियो । समिक्षा अवधिमा वितरणयोग्य मुनाफा १५६ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको मुनाफा र शेयरधनीको कोषलाई आधार मान्दा क्विटीमा प्रतिफल (आरओई) २० प्रतिशत भन्दा माथि रहेको छ । २० माथिको आरओईले व्यवस्थापनले शेयरधनीको कोष (चुक्ता पुँजी र जगेडाकोष ) लाई निकै राम्रोसँग प्रयोग गरेर आकर्षक मुनाफा निस्काशन गर्न सफल भएको जनाउछ । क्विटीमा प्रतिफल (आरओई) ले व्यस्थापनको कुशलता देखाउने गर्छ।
चुक्ता पुँजी, मुनाफा र व्यापारलाई हेर्दा मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्न सुरु गरेको देखिन्छ । प्रत्येक वर्ष लाभांश दिँदा बोनस शेयरलाई प्राथमिकतामा राखेको र बेला बेलामा थोरै-थोरै हकप्रद शेयरको कारणले गर्दा मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने लक्ष्यमा रहेको प्रस्ट देखिन्छ।
वि.सं २०६३ साल पुषमा स्याङ्जा जिल्लाका लब्ध प्रतिष्ठित उधोगी व्यवसायी र समाजसेवीहरु मिलेर खोलेको यो बैंकलाई यहाँसम्म ल्याईपुर्याउन स्थापनाकालदेखिका सीईओ भरतराज ढकालको महत्वपूर्ण योगदान रहेको छ । हाल बैंकको सञ्चालक समिति अध्यक्ष समेत रहेका ढकालले क्षेत्रीय स्तरको यस बैंकलाई राष्ट्रियस्तरको विकास बैंक मात्र बनाएनन्, देशका चर्चित बाणिज्य बैंकहरुसँग चुक्ता पुँजी, मुनाफा र व्यवसायमा प्रतिस्पर्धी बनाउन पनि सफल भएका छन् ।
यस बैंकले ग्रामिण क्षेत्रमा लघुवित्तमार्फत तल्लोतहको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । कुषि क्षेत्रमा लगानी होस् वा आधुनिक बैंकिङ क्षेत्रले अंगालेका नविनतम् प्रविधिका वचत, मुद्धति खाता र कर्जा प्रवाहको माध्यामद्धारा दिन दुगुना फड्को मादै आएको छ । राज्यले अख्तियार गरेको विभिन्न नीति निर्देशनलाई समेत अनुशरण गर्दै आएको मुक्तिनाथ विकास बैंक रास्ट्रिय स्तरको विकास बैंक भएपनि वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्ने र निकट भविष्यमा ८ अर्ब चुक्ता पुर्याएर वाणिज्य बैंक बन्ने बहस बजारमा चल्दै आएकाे छ ।
मुक्तिनाथ विकास सञ्चालक समिति
बैंक संचालक समितिको अध्यक्षमा भरतराज ढकाल रहेका छन् । त्यस्तै अन्य संचालक सदस्यहरुमा गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, शालिग्राम मिश्र र निर्मला कुमारी के.सी. कार्की रहेका छन् ।
मुक्तिनाथ विकास बैंकको उच्च व्यवस्थापन :
यसैगरी बैंकको उच्च व्यवस्थापनमा युवा बैंकर प्रद्युमान पोखरेल सीईओको रुपमा कार्यरत छन् । त्यस्तै समिरशेखर बज्राचार्य नायव सीईओको रुपमा कार्यरत छन् । त्यस्तै बैंकको उच्च व्यवस्थापनमा तिलबहादुर गुरुङ र गोविन्दबहादुर राउत पनि कार्यरत रहेका छन् ।
कस्तो आयो तेश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास अर्थात ९ महिनाको अवधिमा बैंकले १ अर्ब माथि खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा विकास बैंकले ६७ करोड ६० लाख खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा ४९ प्रतिशतको वृद्धि भएको छ ।
प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी :
अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६९ करोड खुद व्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८९ करोड खुद व्याज आम्दानी गरेको छ । यसरी खुद व्याज आम्दानीमा १२ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, संचालन मुनाफा ४७ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको तेश्रो त्रैमासमा कम्पनीले ९६ करोड ५७ लाख संचालन मुनाफा गरेको थियो ।
अन्य संचालन आम्दानी :
विकास बैंकले अन्य संचालन मुनाफा शीर्षकमा ३८ करोड आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष २ करोड मात्र थियो । कम्पनीको आक्रामक मुनाफा वृद्धि गर्न यो शीर्षकको ठूलो हात रहेको छ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८७ पैसा हुन आउँछ । करिब १२ प्रतिशतले पुँजी वृद्धि गरेको अवस्थामा खुद मुनाफामा ४९ प्रतिशतको वृद्धि हुँदा कम्पनीले प्रतिशेयर आम्दानीलाई वृद्धि गर्न सफल भएको हो ।
नोट : बैशाख १४ गतेको बजार मुल्यको आधारमा
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य ( प्रतिशेयर नेट्वर्थ) १३८ रुपैयाँ आउँछ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७९ अर्ब ९० करोड निक्षेप संकलन गरी ६८ अर्ब ५७ करोड कर्जा प्रवाह गरेको छ। आर्थिक वर्ष ७६/७७ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन ३९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ४४ प्रतिशतले नै वृद्धि भएको छ ।
जगेडा कोषको अवस्था :
जगेडा कोष २४ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १ करोड पुगेको छ भने संचित मुनाफा ३६ प्रतिशतले वृद्धि हुँदै ८३ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
निस्क्रिय कर्जा एक प्रतिशत मुनी :
कम्पनीको खराब कर्जा शुन्य दशमलव २१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा खराब कर्जा शुन्य दशमलव ०९ प्रतिशत थियो ।
आधार व्याजदर घट्यो :
बैंकको आधार व्याजदर केही थोरै घट्दै ८ दशमलव ०१ प्रतिशत पुगेको छ ।
स्प्रेडदर :
व्याजदर अन्तर ४ दशमलव ९२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ५ दशमलव ५७ प्रतिशत थियो ।
कम्पनी र दोश्रो बजार :
मूल्य आम्दानी अनुपात :
कम्पनीको बैशाख १४ गतेको बजार मूल्य ४३० लाई आधार मान्दा कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणा आउँछ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१८ औं वार्षिकोत्सवमा गरिमा विकास बैंकका १८ काम
मंसिर ८, २०८१ शनिबार
महालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार
गाजामा इजरायली हमलामा बालबालिका सहित १९ जनाको मृत्यु
मंसिर ८, २०८१ शनिबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार