अब नेपालबाट कतार जान ४८ घण्टाकाे पीसीआर रिपोर्ट चाहिने
नेपालबहस संवाददाता
बैशाख १४, २०७८ मंगलबार २१:५०:२
१४ बैशाख, काठमाडौं । अब नेपालबाट कतार जान ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट मात्र मान्य हुने भएको छ । नेपालसहित ६ मुलुकबाट कतार जाने यात्रुको साथमा अब ४८ घण्टाभित्रको पीसीआर परीक्षणको रिपोर्ट मान्य हुने भएको हो ।
कतारको दोहास्थित नेपाली दूतावासका अनुसार कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । जारी विज्ञप्ति अनुसार नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र फिलिपिन्सबाट आउने यात्रुका लागि कडा नियम बनाइएको छ ।
यी सबै देशबाट आउने यात्रु अनिवार्य १० दिन होटल क्वारेन्टाइन वा १४ दिन मेकाइनिस क्वारेन्टाइनमा बस्नुपर्नेछ । यो प्रावधान कतारमा खोप लगाइसकेका व्यक्तिलाई समेत लागू हुने भएको छ । कतारलाई ट्रान्जिट बनाएर अन्य मुलुकमा यात्रा गर्ने यात्रुको साथमा समेत कोभिड नेगेटिभ आएको रिपोर्ट हुनुपर्छ ।
आफ्नो गन्तव्य मुलुकका लागि अर्को पीसीआर रिपोर्ट चाहिएमा कतारी रियल ३०० तिरेर हमाद अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर परीक्षण गर्न सकिने भएको छ । यो नियम बिहीबारबाट सुचारु हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार
प्रतिजैविक औषधिका कारण २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलर आर्थिक भार थपिने
मंसिर ३, २०८१ सोमबार