गण्डकीका तीनजना सांसद र एक कर्मचारीलाई संक्रमण पुष्टि
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १६:३३:१४
१५ बैशाख, पोखरा । गण्डकी प्रदेशका तीनजना सांसद र एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश प्रयोगशालाका अनुसार एमाले सांसद राजीव पहारी, प्रभा कोईराला र नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङ र कर्मचारी सुश्मा गुरुङलाई कोरोना पोजेटिभ देखिएको हो।
प्रयोगशालाका अनुसार मंगलबार स्वाब संकलन गरिएका १ सय ५३ मध्ये ४ जनालाई पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएका राजीव पहारीले मंगलबारको प्रदेशसभा बैठकमा सांसदहरूको पीसीआर परीक्षणको माग गरेकाक थिए। उनको माग बमोजिम प्रदेशसभाको बैठक स्थगित गरेर आज १ बजेका लागि डाकिएको छ।
गण्डकी प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिमा सहमति भए अनुसार अब तीन जना सांसदले संसदमा बोल्न पाउने छैनन्। तर उनीहरूले मुख्यमन्त्री पृथ्वीसुबा गुरुङ विरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न भने पाउने छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु
असोज १४, २०८१ सोमबार
पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो
असोज १४, २०८१ सोमबार
नागडाँडाबाट देखिएको माछापुछ्रे हिमाल
असोज १४, २०८१ सोमबार
अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड
असोज १४, २०८१ सोमबार
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद
असोज १४, २०८१ सोमबार
विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
असोज १४, २०८१ सोमबार