दिक्तेल–खानीडाँडा सडक तोकिएको मितिमा सम्पन्न नहुने

नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १७:१५:३८

१५ वैशाख,खोटाङ । पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रको काम तोकिएको मितिमा सम्पन्न नहुने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक लगानीमा कालोपत्र शुरु गरिएको दिक्तेल–आहाले ९१०।९७४ किलोमिटर० खण्ड सम्पन्न गर्नुपर्ने समय सकिन लाग्दा ४८ प्रतिशतमात्र भौतिक प्रगति भएको देखिएको छ ।
निर्माण कम्पनी याक्थुङहाङरसापरसिरुवा जेभीले विसं २०७६ चैत ७ गतेसम्मको सम्झौता अवधि गुज्रिएपछि थप भएको समय पनि यही २०७८ वैशाख २९ गते सकिँदैछ । थप भएको समय सकिन लाग्दासमेत सडक कालोपत्रको कामको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७.७६ प्रतिशतमात्र सम्पन्न भएको देखिएको कन्सल्टेन्ट इञ्जिनीयर चञ्चलकुमार झाले बताए ।
आर्थिक वर्ष २०७७/७८ मा सडक कालोपत्रको वित्तीय प्रगति १४.२३ प्रतिशत र भौतिक प्रगति ९.१४ प्रतिशत मात्र भएको कन्सल्टेन्ट इञ्जिनीयर झाले जानकारी दिए । दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दूरीको मार्गका रूपमा स्थापित हुने सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भ्याटसहित रु २१ करोड एक लाख ८८ हजार खर्चमा कालोपत्र शुरु गरिएको हो ।
निर्माण कम्पनीले सडकको नाली, रिटेनिङ पर्खाल, ग्राभेल आरसिसी, साइड ड्रेन, ग्राभेलसहित ६.२५ मिटर चौडा हुने सडकको ३.७५ भागमा कालोपत्र गर्ने गरी ठेक्का लिएको थियो । १८ महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने गरी ठेक्का लागेको विसं २०७५ मङ्सिर १ गते प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शिलान्यास गरेका थिए ।
शुरुका दिनमा तीव्रगतिमा अघि बढाइएको सडक कालोपत्रको काम क्रमशः सुस्तगतिमा झरेपछि निर्माण कम्पनीको चौतर्फी आलोचना भएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित अस्पतालचोकबाट खानीडाँडा विमानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रको काम सुस्त र गुणस्तरहीन भएपछि स्वयं राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ खोटाङले विसं २०७६ मा केही समय काम रोकेको थियो ।
कालोपत्रका काम गरिरहेको निर्माण कम्पनी याक्थुङहाङ÷साप÷सिरुवा जेभीलाई गुणस्तरहीन काम रोक्नका लागि छ दिनअघि मौखिकरूपमा जानकारी गराएको कार्यालयले विसं २०७६ पुस ९ गते लिखितरूपमा पत्राचार गरेर काम रोक्न निर्देशन दिएको थियो । माटो मिसिएको बालुवा तथा एक टिन सिमेन्टसँग १० टिन बालुवा÷गिटी घोलेर सडकको काममा प्रयोग भइरहेको गुनासो आएपछि कार्यालयले काम रोकेको हो ।
गुणस्तरहीन काम भएको पाइएपछि बालुवा, गिट्टीलगायत स्थानीय कच्चा पदार्थको ‘स्याम्पल’ नै सङ्कलन गरेर परीक्षणमा उठाइएको थियो । त्यसलगत्तै विसं २०७६ पुस २३ गते प्रदेशसभा सदस्य उषाकला राई ९हाल सामाजिक विकासमन्त्री०, प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलगायतको टोली स्थलगत अनुगमनमा गएका थिए ।
सडक कालोपत्रको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौलागाईँलाई २०७६ कात्तिक ५ गते दिक्तेलमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा बोलाइएको तर सो बैठकमा सहभागी कम्पनीका प्रमुख चौलागाईँले गरेका प्रतिबद्धताअनुसार सडकको काममा प्रगति भएको छैन । दिक्तेल–खानीडाँडा–आहाले खण्ड कालोपत्रको काम सुस्त भएपछि निर्माण कम्पनी याक्थुङहाङरसापरसिरुवा जेभीले प्रतिनिधि परिवर्तनसमेत गरेको थियो । शुरुमा कल्याण दाहाललाई प्रतिनिधि राखेको निर्माण कम्पनीले अन्तिम समयमा आएर खगेन्द्र राईलाई प्रतिनिधि चयन गरेको हो ।
याक्थुङहाङरसापरसिरुवा जेभीको प्रतिनिधि बनेका राईले चैत ८ गते सडक कालोपत्रको बाँकी कामका लागि सम्झौता गरेको कार्यालयका नायबसुब्बा एवं सूचना अधिकारी मणिराम ढकालले बताए । प्रतिनिधि राईले कामको जिम्मा लिएलगत्तै आवश्यक निर्माण सामग्री जुटाएर वैशाख ५ गतेदेखि सडक कालोपत्रअन्तर्गतको कामलाई तीव्रगतिमा अघि बढाएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट हलेसी तुवाचुङ नगरपालिकाको राजापानीमा जोडिने दिक्तेल–रेग्मीटार सडक पूरा भएपछि दिक्तेलबाट र उदयपुरको गाईघाट पुग्ने सबैभन्दा छोटो मार्ग खुल्ने दाबी गरिएको छ । दिक्तेल–खानीडाँडा–आहाले सडक हाल सञ्चालनमा रहेको दिक्तेल–महुरे–रेग्मीटारभन्दा छोटो हुने भएकाले भविष्यमा पूर्वी तराई आउनजानका लागि बढी प्रयोगमा आउने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार