ओलीले बाेलाएकाे बालुवाटार बैठकमा सहभागी ३ नेतालाई कोरोना
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १७:३७:२८
१५ बैशाख, काठमाडौं । बालुवाटारको बैठकमा सहभागी भएका एमालेका ३ नेतामा कोरोना संक्रमण देखिएको छ । नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल र खिमलाल भट्टराईलाई कोरोना संक्रमण भएको हो ।
रायमाझी एमालेको स्थायी समिति सदस्य तथा ऊर्जा एवम् सिंचाइ मन्त्री हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । त्यसैगरी भट्टराई नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ले राष्ट्रिय सभातर्फका मुख्य सचेतक हुन् । रिजाल र भट्टराई गत सोमबार अध्यक्ष केपी ओलीले बालुवाटारमा बोलाएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी थिए ।
नेता भट्टराइले सोमबारको बालुवाटार बैठकमा आफू सहभागी भएको बताए । रायमाझी र भट्टराइले सोमबार बिहान कोरोनाको पीसीआर परीक्षण गराएका थिए । उनीहरुको सोही दिन साँझ पोजेटिभ रिपोर्ट आएको थियो । रायमाझी वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका छन् भने रिजाल र भट्टराई होम आइसोलेसनमा बसेको उनीहरुले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार