कोरोनाबाट कर्णालीमा थप तीन जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १७:४१:५१
१५ बैशाख, सुर्खेत । कर्णालीमा थप तीन जनाको कोरोना संक्रमण भई मृत्यु भएको छ । सुर्खेतमा २ र दैलेखमा एक जना गरी तीन जनाको मृत्यु भएको हो । प्रदेश अस्पताल सुर्खेतमा उपचाररत दुईजना कोरोना संक्रमित बिरामीको गएराति मृत्यु भएको छ ।
भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय अर्का पुरुषको मृत्यु भएको हो । भेरिगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।
यस्तै, दैलेखमा पनि बुधबार बिहान ७५ वर्षीय एकजना पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणपछि उपचाररत दैलेखको नारायण नगरपालिका–१ पुरानो बजार निवासी ती पुरुषको मृत्यु भएको हो ।
उनलाई हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । दैलेख कोरोना अस्पतालमा अक्सिजनसहित उपचार गराइए पनि उनको निधन भएको बताइएकाे छ । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व चुहावट
असोज १४, २०८१ सोमबार
महाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात
असोज १४, २०८१ सोमबार
भारतविरुद्ध बंगलादेश २३३ रनमा अल आउट
असोज १४, २०८१ सोमबार
वर्षाले विपदमा परेकाहरुको राहत तथा पुन: स्थापनाका लागि मधेश सरकारले छुट्यायो ८ करोड
असोज १४, २०८१ सोमबार
जुम्लामा आज सार्वजनिक बिदा
असोज १४, २०८१ सोमबार
जुगलको तेगा पहिरोमा परेका सातजना अझै बेपत्ता, खोजी कार्य जारी
असोज १४, २०८१ सोमबार