पूर्ण खोप सुनिश्चित जिल्ला बन्यो बाजुरा
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १८:४:४७
१५ वैशाख,मार्तडी । बाजुरालाई ‘पूर्ण खोप सुनिश्चितता तथा दिपोपना’ जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ जिल्लालाई आठौँ जिल्लाका रुपमा ‘पूर्ण खोप सुनिश्चतता र दिगोपना’ घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति बाजुराद्वारा मङ्गलबार यहाँ सुदूरपश्चिम प्रदेशका प्रदेश सभासदस्य तथा अर्थ विकास प्राकृतिक स्रोत समितिका सभापति गोविन्द कुवँरले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे । जिल्लाका नौवटै पालिकाका जन्मेदेखि १५ महिना मुनिका र १६ देखि २३ महिना मुनिका बालबालिकाले खोप पाइसकेकाले सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका खोप अधिकृत महेश चन्दले बताएका छन् ।
प्रत्येक पालिकामा रहेका बालबालिकाको खोजी गरी खोपको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई समेत खोपको पहुँचमा पु¥याई उनीहरुले सबै खालका खोप पाएपछि सो घोषणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् ।
जिल्लामा हाल दुई हजार ११६ बालबालिकामध्ये आंशिक रुपमा खोप पाएका ४२ बालबालिका र एकजना खोप नै नपाएका बालबालिकालाई खोपको पहुँचमा ल्याएर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तले बताए ।
सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य कुँवरले महामारीका बेलामा सरकारले जनताको स्वास्थ्यमा खेलबाड गर्न नहुने बताए । जिल्ला समन्वय समिति बाजुराका प्रमुख तथा खोप समन्वय संयोजक नरेन्द्रकुमार रोकायाले बालबालिकाले खोप पाउन स्थानीयस्तरका स्वयम्सेविकाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
अहिले महामारीका बेला स्वास्थ्यका लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री र अस्पताल निर्माणका लागि बजेट दिनुपर्ने त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिं रावलले बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले प्रदेशका आठ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा भएको र कैलालीमात्र बाँकी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार