मोहनको बुट्टे रुमाल लैजानु चिनु बजारमा
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १८:१२:२०
बिशेष गरेर नयांलाई प्रोत्साहन र पुरानोलाई सम्मान गर्दै नेपाली लोक तथा दोहोरी गितसंगीत क्षेत्र सम्वृद्धिका निमित्त अवारात्र खटिरहेका मोहन खड्काले पुनः अर्को लोक दोहोरी गित बजारमा लिएर आएका छन् । उनले केहि समय अगाडी मात्रै “पिपल छायाँले” बोलको गित बजारमा लिएर आएका थिए । यसै गीतको चौतर्फी सफलता पछी मोहन खड्काको पछिल्लो लोक दोहोरी गित “बुट्टे रुमाल लैजानु चिनु” बोलको रहेको छ ।
गीतमा आफुले धेरै माया गरेको मान्छे टाढा हुने भएपछी चिनो स्वरुमा रुमाल उपहार दिएको प्रसङ्ग समाबेश गरिएको छ । गितमा अहिलेका भाइरल कलाकार द्वय अलिफ खान र लक्ष्मी खड्काको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय मोहन खड्काले तयार पारेका हुन् भने शब्द मोहन खड्का र अमृता बन्जराको रहेको छ ।
निकै कर्णप्रिय ढंगबाट तयार भएको गितको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सारिका केसी, अर्जुन गौतम र अमृता बन्जराको रहेको छ । कपिल लामा द्वारा निर्देशित भिडियोलाई छायांकन बिपिन क्षेत्रीले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गितको म्युजिक भिडियोलाई थप आकर्षण माधब श्रेष्ठको कोरिग्राफीले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...
असोज ११, २०८१ शुक्रबार
फिल्म छक्का पञ्जा-५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक
असोज ३, २०८१ बिहिबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार