बर्षायामका लागि खाद्यान्न जोहो गर्दै हिमाली वस्ती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १९:२४:२५
![](https://nepalbahas.prixacdn.net/media/albums/himal_RRWy27S5im.jpg)
१५ वैशाख,फुङ्लिङ । ताप्लेजुङको हिमाली वस्तीका समूदाय अहिले बर्षायामका लागि खाद्यान्न जोहो गर्नेतिर लागेका छन् । वर्खायाम शुरुभएसँगै बाढी पहिरो, खोला नाला साथै झरी वर्षा हुने भएकाले ताप्लेजुङको हिमाली वस्तीका समूदायका नागरिकले प्रत्येक वर्ष वैशाख महिनादेखि मङ्सिरसम्म पुग्ने खाद्यान्न जोहो गर्ने गरेको फक्ताङलुङ गाउँपालिका–७ घुन्साका स्थानीयबासी केल्शाङ शेर्पाले बताए । वर्खायाममा बाढी पहिरो साथै खोला नालाले बोटो बन्द गर्ने भएकाले आठ महिनासम्म पुग्ने प्रत्येक परिवारले खाद्यान्न भण्डारण गर्नुपरेको शेर्पाले बताए ।
विगतका वर्षमा टिप्ताला नाका हुँदै चीनदेखि खाद्यान्न ल्याउँने गरेको शेर्पाले बताए । यो वर्ष कोरोनाको कारणले नाका बन्द भएपछि महँगो ढुवाँनी गरेर ताप्लेजुङको सदरमुकाम फुङलिङबाट लानुपरेको शेर्पाले बताए । उनी भन्छन्, “नाका बन्द छ । त्यसैले सदरमुकामबाट सामान घन्सा पु¥याउँदा सामान किनेको भन्दा बढी ढुवाँनीमा खर्च गर्नु बाध्य भएको छौँ ।” स्थानीय सरकार आएपछि गाउँ–गाउँमा सडक पुगेको छ । तर फक्ताङलुङ गाउँपालिका–६ घुन्सा, फले, ग्याप्ला, खम्बाजेन अम्जीलेसा र फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला र याङमाजस्त हिमाली तथा पर्यटकीय वस्तीमा यातायातको साधन पुग्न सकेको छैन ।
यी क्षेत्रका समूदायका नागरिकले यातायातको साधनको रुपमा खच्चड्, चौंरी र याक नै अहिलेसम्म भरपर्दो यातायातको रुपमा प्रयोग हुँदै आएको छ । एउँटा याकले १०० केजीसम्म सामान ढुवाँनी गर्न सक्दछ भने खच्चड्ले ७० केजीसम्म सजिलै ढुवाँनी गर्दछ । विगतमा सदरमुकामदेखि ढुवाँनी गर्नु पर्दथ्यो भने अहिले सदरमुकाम फुङ्लिङदेखि २४ किलोमिटरसम्म गाडीले पु¥याउँदछ ।
लेलेपदेखि खच्चड्, चौँरी र याकमार्फत ढुवाँनी गरेर समुन्द्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थीत याङमासम्म खाद्यान्न सामग्री पु¥याउँदै आएको छ । वर्खाको समयमा बाढी पहिरोको जोखिम हुन्छ । बाढी पहिरोले बाटो नै बन्द गरिदिन्छ । बाटो बन्द भएपछि एक गाउँ–अर्को गाउँ आवत जावत नै बन्द हुने गर्दछ ।
त्यसैले हिमाली वस्तीमा समयमै खाद्यान्नको जोहो गर्नुपरेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला निवासी तेन्जीङ शेर्पा बताउछन् । वैशाख महिनादेखि कात्तिक र मङ्सिरसम्म पुग्ने चामल, नुन, तेल, दाल, मैदा अन्य आवश्यक सामग्री जोहो गर्ने गरेको शेर्पाले बताए । समुन्द्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थीत ओलाङचुङगोलामा ६५ घर परिवार शेर्पा समूदाय बसोबास गर्दै आएको छन् । समुन्द्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थीत याङमा ११ घर परिवार बसोबास गर्दै आएका छन् । समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थीत घुन्सा क्षेत्रमा ७३ घर परिवार बसोबास गर्दै आएका छन् । यी क्षेत्रका समूदायले प्रत्येक घर परिवारले वर्खायामको समयमा खाद्यान्न जोहो गर्दै आएको शेर्पाले बताए । वैशाख दोस्रो हप्तासम्ममा धेरै परिवारले खाद्यान्न भण्डारण गरिसकेको शेर्पाले बताए । वैशाखदेखि मङ्सिरसम्म नौ महिनासम्म खान पुग्ने गरी खाद्यान्न जोहो गर्नुपरेको शेपाले बताए ।
मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा १८ घर परिवार बसोबास गर्दै आएको स्थानीय बासी पासाङ शेर्पाले बताए । तर अहिले वस्तीमा केही नभएको शेर्पाले बताए । शेर्पाले भने “चीनको नाका बन्द छ । व्यापार छैन । हिउँ छल्न विभिन्न क्षेत्रमा गाएका अहिले तोक्पेकोला जाने तयारीमा छ ।” तोक्पेगोला बस्नको लागि जाँदा छ महिनासम्म पुग्ने खाद्यान्न लिएर जानुपर्ने शेर्पाले बताए । तोक्पेगोला क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्नको लागि पनि जाने तयारी रहेको शेर्पाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाथीसँग फुटबल खेलेर फर्कने क्रममा खोलाले बगाउँदा दुई बेपत्ता
असार १३, २०८१ बिहिबार
बाढी पसेर बन्द भएको विराटनगर विमानस्थल खुल्यो
असार १२, २०८१ बुधबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १४, २०८१ शुक्रबार
कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद : राष्ट्रपति
असार १५, २०८१ शनिबार
आज असार १५ : राष्ट्रिय धान दिवस तथा दही चिउराको सांस्कृतिक पर्व मनाइँदै
असार १५, २०८१ शनिबार
वर्षाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह
असार १४, २०८१ शुक्रबार
लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा
असार १४, २०८१ शुक्रबार
मदन भण्डारी र गणेशमान नेतृत्व आन्दोलनले पञ्चायत ढल्योः उपमहासचिव ज्ञवाली
असार १४, २०८१ शुक्रबार
पहिरोले सिँचाइ नहर बगाउँदा रोपाईँ प्रभावित
असार १४, २०८१ शुक्रबार