हुम्लाको हिल्सामा सोलार मिनीग्रीड शिलान्यास
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार १९:५४:५६
१५ वैशाख,सिमकोट । फिनल्याण्ड र युरोपेली संघका राजदूतले हिल्सामा सोलार मिनीग्रीडको शिलान्यास गरेका छन् । हिल्सामा मिनीग्रीडको निर्माण कम्पनी छनोट भएपछि कोरोना कहरका बेला हुम्ला आएर राजदूतको टोलीले मङ्गलबार शिलान्यास गरेको हो ।
लगानी साझेदार देश फिनल्याण्डका राजदूत प्रट्टी एन्टिनेन र इयुका राजदूत नोना डेप्रेले सदरमुकाम सिमकोट हुँदै हिल्सामा पुगेर १०० किलोवाट उत्पादन क्षमताको सोलार मिनीग्रीडको शिलान्यास गरेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार वीरेन्द्र थापाले जानकारी दिए ।
सो आयोजनाबाट हिल्साको बस्ती विद्युतीकरण हुनाका साथै भुइँचुक प्रशोधन यन्त्र पनि स्थापना हुने छ । यस्तै राजदूतको टोलीले सोमबार हेलिकोप्टरमा नाम्खा गाउँपालिका–५ को यारीमा ५० किलोवाटको सोलार मिनीग्रीडको पनि शिलान्यास गरेको छ । उक्त आयोजनाबाट यारीका दुई गाउँ विद्युतीकरणका साथै तेल पेल्ने यन्त्र पनि स्थापना गरी सञ्चालन ल्याइने जनाइएको छ ।
उक्त दुवै सोलार मिनीग्रीड आयोजनाका लागि रु सात करोड लागत लाग्ने छ । यसबाट उत्तरी सीमा क्षेत्रका दुवै वस्तीमा पहिलो पटक विद्युतीकरण हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः चिनियाँ ऋणको बोझबाट कहिले पाउला मुक्ति ?
कुसुम भट्टराई
असोज ११, २०८१ शुक्रबार
प्रचण्डले गरे ‘साहसी युवा’ चणिकलाल तामाङको सम्मान
असोज १३, २०८१ आइतबार
माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना
असोज १३, २०८१ आइतबार
पहिरोमा परी मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो
असोज १४, २०८१ सोमबार
नागडाँडाबाट देखिएको माछापुछ्रे हिमाल
असोज १४, २०८१ सोमबार
अभिनेता मिथुन चक्रवर्तीलाई दादासाहेब फाल्के अवार्ड
असोज १४, २०८१ सोमबार
खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सिधा सम्पर्क विच्छेद
असोज १४, २०८१ सोमबार
विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
असोज १४, २०८१ सोमबार