मेचीनगरमा विकासका गतिविधिले पायो तीव्रता

नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २०:३:३०

१५ वैशाख,झापा । राज्यको पुनः संरचनाले स्थानीय तहको सरकारलाई सिंहदरबार झैँ शक्तिशाली बनाएको छ । पालिकाहरुबाट छुट्टै बजेटसमेत प्राप्त गर्दै आएको तल्लो तह वडाले विकास निर्माणको नेतृत्व गरेर गाउँमा सिंहदरबारको अनुभूति गराउन थालेका छन् । झापास्थित मेचीनगर नगरपालिका–५ मा यसै वर्षदेखि विभिन्न बस्तीमा सडक, विद्युत् र खानेपानीको सुविधा पुगेको छ । नगर क्षेत्र भए पनि सो वडामा विकट भौगोलिक अवस्थाका कारण भौतिक पूर्वाधारको विकास निर्माणमा पछाडि पर्दै आएको थियो । तर जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि चार वर्षयता विकासका गतिविधिले तीव्रता पाएको हो ।
वडाध्यक्ष योगेन्द्र थापाले दर्जनौँ खोल्साखोल्सी र खोला भएका कारण सडक निर्माण आवश्यक तर चुनौतीपूर्ण भएको बताएका छन् । वडाभित्र रहेको कूल ३३ किलोमिटर सडकमध्ये चार वर्षमा ३० किलोमिटर सडक ग्राभेल गरिएको उनले जानकारी दिए । “मेचीनगरको विकट भूगोल र दर्जनौँ खोल्साखोल्सीका कारण सडक निर्माण आवश्यक तर चुनौतीपूर्ण थियो”, वडाध्यक्ष थापाले भने, “जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि हामीले सडक सञ्जाल विस्तार, खानेपानीको सुविधा र विद्युतीकरणमा प्राथमिकता दिएका छौँ ।”
वडामा तीन किलोमिटर सडक कालोपत्र भएको छ । ग्राभेल भइसकेका सडकमा यस वर्षदेखि धमाधम कालोपत्र गरिने उनको भनाइ छ । वडाले ठूलो बजेट पुलपुलेसामै खर्चनु परेको छ । गत आर्थिक वर्ष अँधेरी खोला, घैलाडुब्बा खोला, अम्लिसे र आङ्देम्बे खोल्सीमा पक्की पुल निर्माण भएको छ । सडक निर्माण क्रममा विभिन्न क्षेत्रमा नौवटा कल्भर्टसमेत निर्माण भएका छन् ।
वडाले आफ्नै बजेटबाट कालोपत्र सडक निर्माण शुरु गरेको हो । सुरेन्द्रनगर मार्गको पीपल डाँडादेखि दोकान डाँडासम्मको तीन किमी सडकमा कालोपत्र निर्माण गर्न वडाकै बजेट खर्चिएको वडाध्यक्ष थापाले बताए । वडाका सबै मुख्य सडक कालोपत्र गर्ने वडाको योजना छ । सो वडाका यसै वर्षदेखि सबै टोलमा बिजुली बत्ती उपलब्ध गराइसकिएको वडाका सचिव येशु लिम्बूले बताए । बिजुली बत्तीको पहुँच नपुगेका क्षेत्रमा वडावासीलाई सोलार बत्ती वितरण गरिएको वडाका सचिव लिम्बूले जानकारी दिए ।
केही वर्ष अघिसम्म खानेपानीको सङ्कट व्यहोर्दै आएका वडावासीले जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि समस्याबाट मुक्ति पाएका छन् । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले सेवा विस्तार गरी वडावासी सबैको घरमा शुद्ध खानेपानी वितरण गरिरहेको छ ।
वडामै सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रको सेवाको गुणस्तर राम्रो भएकाले वडावासीले सामान्य प्रकारका रोगको उपचारका लािग बाहिर धाउनुपर्ने बाध्यता हटेकोे स्वास्थ्य केन्द्रकी प्रमुख धनकुमारी राई बताउनुहुन्छ ।
नगरपालिकाले सबै वडालाई वार्षिक रुपमा रु एक करोड पूर्वाधार विकासको बजेट दिँदै आएको थियो । यसपालि त्यसलाई वृद्धि गरेर रु डेढ करोड पु¥याइएको कारण विकास निर्माणका कार्य अझ तीव्र हुने अपेक्षा गरिएको छ । कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्रमा विकास गर्न वडाले वडावासीसँग साझेदारीको नीति अवलम्बन गरेको छ । “गाउँमा सिंहदरबारको सुविधा पु¥याउने वाचा गरेका थियौँ”, वडाका अध्यक्ष थापा भन्नुहुन्छ, “भौतिक पूर्वाधारको विकास पहिलो आवश्यकता हो भन्ने ठानेर इमानदारीका साथ काम गरेका छौँ । सुशासन र दिगो विकासमा नमूना प्रस्तुत गरेका छौं ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार