कोरोना खोप लगाउन बिहानै अस्पताल पुग्छन सर्वसाधरण
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २०:१३:७
१५ वैशाख,काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा डल्लुका सुरेश बोगटी कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनका लागि बिहान ६ बजे पुगे । उनी पुग्दा टोकन लिनेको भीड थियो । बिहान ७ बजेदेखि बाँडिएको टोकन केहीबेरमा नै सकियो । बिहान साढे ७ बजे कुपन लिएका उनको पालो ११ बजे मात्र आएको थियो । “म पुगेको एक घण्टापछि खोपका लागि टोकन बाँड्न शुरु गरिएको थियो,” उनले भने, “मैले त्यही लाइनमा बसेर टोकन लिएँ । मेरो टोकन नं ५२१ थियो, बिहान ११ बजेतिर खोप लगाउन पालो आयो ।”
प्रसूति अस्पतालमा टोकनअनुसार पालो आएकालाई प्रहरीले खोप लगाउनका लागि पठाउने गरेको छ । बोगटीजस्ता मानिसहरु खोप लगाउनका लागि अहिले बिहानै काठमाडौँ उपत्यकाका ११ खोप केन्द्रमा जाने गरेका छन् । खोप लगाउनका लागि बिहान गए मात्र पालो पाइने भएकाले मानिस सबेरै उठेर जाने गर्छन् । अहिले निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुर अस्पताललगायत अस्पतालमा कोभिड–१९ विरुद्धको खोप लगाउनेका भीड छ । सरकारले १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका सबैलाई खोप लगाउन थालेपछि अहिले भीड भएको हो ।
यस्तै प्रसूतिमै बिहान ७ बजे खोप लगाउन आएका ललितपुर च्यासलका दीपेश शाक्यको पालो साढे ११ बजे मात्र आयो । बिहान टोकन लिएर उनी १० बजेमात्र खोप लगाउन आए । प्रसूति अस्पतालले खोप लगाउन आउने व्यक्तिको भीड भएपछि मङ्गलबारदेखि टोकन प्रणाली शुरु गरेको हो । बिहान एक घण्टा टोकन बाँड्ने गरिन्छ । टोकन लिनेले आफ्नो पालोअनुसार गएर खोप लगाउने गर्छन् ।
सरकारले यही वैशाख १२ गतेदेखि कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ लगाउन शुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काका अनुसार अहिलेसम्म एक लाख ४१ हजारले खोप लगाइसकेका छन् । संक्रमण बढ्न थालेपछि अहिले कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउनेको पनि भीड देखिएको छ । ‘भेरोसेल’ लगाएपछि असर पनि नदेखिने भएकाले मानिसको आकर्षण बढेको उनले जानकारी दिए । “खोप लगाएपछि कतै पनि असर नहुने भएपछि खोप लगाउने मानिसमा उत्साह भएको छ”, उनले भने, “ बिहानैदेखि मानिस खोप लगाउनका लागि खोप केन्द्र आउने गर्दछन ।”
उनले खोप केन्द्रमा बिहान १० देखि ४ बजेसम्म लाम लागेका सबैलाई लगाउन भनिएको जानकारी दिए । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ आठ लाख मात्रामध्ये चार लाख मात्रा पहिलो चरणमा दिइने छ । यसअघि पहिलो मात्रा एक लाख २३ हजारलाई प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार