बाँध मर्मत नहुँदा रौतहटवासीमा डुबानको त्रास
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २१:१८:१३
१५ वैशाख,वीरगञ्ज । रौतहटको वाग्मती र लालबकैया नदीमा रहेको बाँध मर्मत नहुँदा रौतहटवासीमा डुबान समस्याको त्रास यथावत् रहेको छ । उक्त दुवै नदी नियन्त्रण गर्न भारत सरकारले बनाएको बाँधहरु ठाउँठाउँमा भत्किएकाले समयमा सो नदीको बाँधको मर्मत हुन नसक्दा वर्षायाममा नदीको पानी बस्तीमा पसेर क्षति पु¥याउने डरले रौतहटवासीमा त्रास कायमै छ ।
वाग्मती—लालबकैया नदी नियन्त्रण कार्यालय परवानीपुरका अनुसार सो बाँधको समयमा मर्मत नहुँदा डुबान र क्षति हुने भन्दै करीब डेढ महिना अगाडि सो कार्यालयले अर्थमन्त्रालयसँग बजेट माग गरेको बताउँदै सो कार्यालयका प्रमुख अकलाख अहमद सिद्धिकीले भने, “वाग्मती नदीको बायाँतर्फ चार र दायाँतर्फ १० गरी १४ स्थानमा बाँध भत्किएको छ ।
यसैगरी, पश्चिमी लालबकैया नदीको बायाँतर्फ सात र दायाँतर्फ आठ गरी १५ स्थानमा भत्किएकाले तत्काल मर्मत गर्नुपर्ने देखिन्छ । समयमा सो बाँध मर्मत नहुँदा वर्षामा रौतहट डुबानमा पर्ने त्रास रहेको त्यहाँका बासिन्दाको भनाइ छ । सो बाँध समयमा मर्मत गर्न सकिएन भने बाढीको बेला ठूलो समस्या निम्त्याउने त्यहाँका बासिन्दाको भनाइ छ ।
भारत सरकारले सन् १९८९ मा झण्डै साढे ३३ किलोमिटर बाँध बनाएको थियो । उक्त बाँधले बस्ती जोगाए पनि पछिल्लो समय सो बाँधको मर्मतसम्भार हुन सकेको छैन । पुरानो बाँध भएकाले कमजोर हुँदै ठाउँठाउँमा भत्किन थालेको छ । वाग्मतीदेखि पश्चिमको धरमपुरबाट सीमा क्षेत्रको १७ किलोमिटर बाँध समस्याग्रस्त रहेको छ । सो बाँध मर्मतसम्भार गर्न करीब रु ४१ करोड ३४ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
समयमा उक्त बाँधहरु मर्मतसम्भार नभएको खण्डमा वर्षायाममा रौतहटको लक्ष्मीपुर, बलुवा, धरमपुर, गम्हरिया, सग्रामपुर, गढी सिगारमन, गङ्गापिपरा, माघोपुर लगायतका दर्जनौँ गाउँ बाढीको जोखिममा पर्न सक्नेछन् । २०५० सालमा सो नदीमा बाढी आएपछि रौतहट डुबानमा परी धनजनको क्षति भएको थियो । सरकारले वर्षाअगावै भत्केका बाँधहरु मर्मतसम्भार गर्नुपर्ने माग सो क्षेत्रका बासिन्दाको रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार