सरकारले टी–ट्वान्टी सिरिजको उपाधि विजेतालाई जनही ४ लाख दिने
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बुधबार २२:१०:३८
१५ बैशाख, काठमाडौं । सरकारले त्रिदेशीय टी–२० सिरिजमा जित हासिल गर्ने नेपाली क्रिकेट खेलाडीलाई जनही ४ लाख रुपैयाँ पुरस्कार दिने भएको छ। मन्त्रिपरिषद्को ९ वैशाखमा बसेको बैठकले खेलाडीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।
सिरिजमा मलेसिया, नेदरल्याण्डस र नेपाल सहभागी थिए। नेपालको तर्फबाट टिममा छनोट भएका २३ जना खेलाडी सबैले सरकारले घोषणा गरेको पुरस्कार पाउनेछन्।
त्यसैगरी तीन जना प्रशिक्षकलाई पनि प्रतिव्यक्ति दुई लाखका दरले नगद प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय सरकारले गरेको छ। शनिबार सम्पन्न सिरिजमा नेपालले ऐतिहासिक जित निकालेको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सविरुद्ध १४२ रनको फराकिलो जित निकाल्दै उपाधि हात पारेको हो। नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १७.२ ओभरमा पूरै विकेट गुमाएर ९६ रनमा समेटिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार
अमेरिकी डलर देखाई साढे ६ लाख ठगी गर्ने २ जना पक्राउ
मंसिर २७, २०८१ बिहिबार
संघीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल सुरु
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार