अब ह्वाट्सएपमा पठाइएका मेसेज ७ दिनभित्र आफैं डिलिट हुने
नेपालबहस संवाददाता
बैशाख १५, २०७८ बिहिबार ३:२२:३३
इन्स्ट्यान्ट मेसेजिङ एप फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि लगातार नयाँ–नयाँ फिचर ल्याइरहेको छ । केही समय पहिले ह्वाट्सएपले एउटा फिचर ल्याएको थियो जसअनुसार ह्वाट्सएपमा पठाइएका मेसेज ७ दिनभित्र आफैं डिलिट हुन्छन् । उक्त फिचरको नाम Disappearing Messages हो ।
अर्को मेसेजिंग एप टेलिग्रामकै सिको गर्दै ह्वाट्सएपले उक्त फिचर पेश गरेको थियो । मेसेज आफैं हराउने समय सीमालाई यसअघि ७ दिन कायम गरिएकोमा ह्वाट्सएपले त्यस्तो समयलाई १ दिनमा झार्ने भएको हो ।
Disappearing Messages फिचरमा ह्वाट्सएपले छिटै नै २४ घण्टाको विकल्प पनि थप गर्दैछ । तत् पश्चात् उक्त विकल्प छनोट गर्ने ह्वाट्सएप प्रयोगकर्ताका पठाएका तथा प्राप्त भएका मेसेजहरु २४ घण्टामा आफैं डिलिट हुनेछन् ।
ध्भद्यभतबक्ष्लाय को रिपोर्ट अनुसार ह्वाट्सएपको नयाँ संस्करणमा सो Disappearing Messages फिचरलाई थप गरिएको छ । हाल एपको आइओएस भर्सनमा उक्त फिचरको परीक्षण भैरहेको छ । जसमा ह्वाट्सएप मेसेज २४ घण्टामा आफै हराउँछन् ।
२४ घण्टे फिचरसँगै यसअघिको ७ दिने फिचर पनि कायम रहने बताइएको छ । अर्थात् प्रयोगकर्ताले एक दिन वा ७ दिनमा मेसेज आफैं डिलिट हुने फिचर आफुखुसी छान्न पाउनेछन् । त्यसक्रममा प्रयोगकर्ताले डिलिट हुने मेसेजका स्क्रिनशट लिएर सुरक्षित राख्न सक्नेछन् ।
सातदिने फिचर पर्सनल च्याट तथा ग्रुप च्याट दुबैमा लागू भएकोमा एक दिने फिचर ग्रुप च्याटमा लागू हुन्छ वा हुँदैन भन्ने टुंगो नभएको बताइएको छ । ह्वाट्सएपले आइओएस प्लाटफर्ममा एक महिनादेखि परीक्षण गरिरहेको उक्त फिचर निकट भविष्यमा एन्ड्रोइड लगायतका हरेक प्लाटफर्ममा उपलब्ध हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपको साथ
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
यी बानी अवश्य अपनाउनुहोस् कपाल झर्न रोक्छ
मंसिर १४, २०८१ शुक्रबार
ऐश्वर्या रायले आफ्नो नामबाट बच्चन उपनाम किन हटाइन् ?
मंसिर १४, २०८१ शुक्रबार
रोजगारीका लागि भारततर्फ जाँदै नेपाली
मंसिर १४, २०८१ शुक्रबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार