बुटवलस्थित कोरोना विशेष अस्पतालमा आधा घण्टामै ३ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १५:५८:२६
१६ बैशाख, काठमाडौ । लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा गएराति आधा घण्टाको अवधिमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
उपचारको क्रममा गएराति बुटवल ११ का ३१ वर्षीय पुरुषको विहान राति २:३० बजे मृत्यु भएको थियो भने विहान २:४५ बजे बुटवल १४ का ६६ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन्।
त्यसैगरी ३ बजे मायादेबी ६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको र उनीहरु २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएको डा. थापाले जानाकारी दिए ।
डा. थापाका अनुसार उपचारका लागि अस्पताल भर्ना भएका तिनीहरुको आज बिहान आधा घण्टाको अन्तरालमा मृत्यु भएको हो । आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ । हिजो पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो।
अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा हाल ११ जना आईसीयु र ५ जना भेन्टिलेटरमा गरि जम्मा १६ जना उपचाररत छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार