पूर्व रानी कोमल शाहलाई आईसीयूमा सारियाे
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १६:२३:३३
१६ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमण भएर उपचाररत पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा गिरावट आएको छ। संक्रमित पूर्वरानीलाई आइसियूमा राखेर उपचार थालिएको छ । पूर्व रानी कोमलको श्वासप्रश्वास प्रणाली अलीकमजोर देखिएपछि उनलाई आइसीयुकाे हाई फ्लो अक्सिजनको सपोर्ट मार्फत मात्रा बढाइएको छ ।
उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अहिले प्रतिमिनेट १० केजीका दरले अक्सिजन दिइरहेको छ । अरु स्वास्थ स्थिति भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
संक्रमण भएपछि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल पूर्वअधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका थिए। उपचारमा संलग्न डा. जेपी जयसवालले नेपाल समयसँग भने, ‘अहिले म पूर्वराजारानी हाम्रै निगरानीमा छन्। पूर्वराजाको स्वास्थ्य सामान्य रहे पनि पूर्वरानीको स्वास्थ्यमा भने गिरावट आएको छ। अक्सिजन लेभल घटेकाले आईसियूको सहयोगमा उपचार भइरहेको छ।
छोरी प्रेरणाको अवस्था सन्तोषजनक रहेको जयसवालले बताए। बुधबार बेलुका कोलम शाहलाई आईसियूमा सारिएको निरन्तर निगरानीमा राखिएको उनले बताए । कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख ११ गते नर्भिकमा भर्ना भएका थिए। पूर्वअधिराजकुमारीको स्वास्थभने सामान्य रहेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार