प्रम आईसाेलेशनमा नरहेको दाबी
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १७:५९:१८
१६ वैशाख, काठमाडौं । हिजो धेरैवटा अनलाईन पोर्टलमा एउटा खबर भाइरल भयो– प्रधानमन्त्री केपी ओली पनि आईसाेलेशनमा । ओली पक्षीय तीनजना केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण पुष्टी भएपछि यस्तो खबर भाइरल भएको थियो । ओलीपक्षका केन्द्रीय सदस्य खिमलाल भट्टराईमा संक्रमण पुष्टी भएको र उनी प्रधानमन्त्रीसँग निकट रहेर काम गरेको आधारमा ओली आईसाेलेशनमा गएको खबर सार्वजनिक भएको थियो ।
हिजो दिनभरि प्रधानमन्त्रीको कार्यालयले सो खबरप्रतिकुनै चासो देखाएन । आजभने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ती खबर हावादारी भन्दै खण्डन गरेका छन् ।
केही मिडियाले पूर्वाग्रही भएर यस्तो भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको उनको भनाई छ । सामाजिक सञ्जालमा उनले यस्तो खण्डन गरेका हुन् ।
यसैगरी प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीले पनि सामाजिक सञ्जालमा आजै ओलीले केही मन्त्रीहरुसँग छलफल गरेको तस्बीर सार्वजनिक गर्दै आईसाेलेशनमा नरहेको बताएका छन् ।
तर हिजो भने प्रधानमन्त्रीको सचिवालय किन मौन भन्ने प्रश्नको उत्तर भने दुवै जनाले दिएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार