सुदूरपश्चिममा संक्रमितको संख्या १५ हजार ४७५ पुग्यो
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १८:७:५७
१६ वैशाख, टीकापुर । सुदूरपश्चिममा दैनिक सयौँ कोरोना संक्रमित थपिन थालेका छन् । सुदूरपश्चिममा बुधबार २८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ४७१ नमूना परीक्षण गर्दा २८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए ।
“सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ मा संक्रमण पुष्टि भएको छ”, प्रवक्ता कार्कीले भने, “डडेल्धुरा अस्पतालमा २७ जनाको परीक्षण गर्दा १४, डोटी अस्पतालमा २९ जनाको नमूना परीक्षण गर्दा १४ र महाकाली अस्पतालमा ४१ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।”
सुदूरपश्चिममा कूल संक्रमितको सङ्ख्या १५ हजार ४७५ पुगेको छ भने संक्रमण पुष्टि भएका मध्ये १४ हजार २३३ जनाले कोरोना जितेका छन् । दोस्रो लहर फैलिएपछि कैलाली जिल्लामा मात्रै एक हजारभन्दा बढी संक्रमित पुगेका छन् । सेती अस्पतालमा संक्रमित बिरामी भरिभराउ छन् । बिरामीहरु अक्सिजन नपाएर छटपटाइरहेको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार