बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १८:३२:४
१६ बैशाख,राँझा । बाँकेमा कोरोना संक्रमणका कारण १०० भन्दा बढीको ज्यान गएको छ । कोरोना संक्रमित भई बाँकेका अस्पतालमा भर्ना भएका थप छ जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक नेपालगञ्ज, कोहलपुर र बर्दिया बढैयाताल गाउँपालिका निवासी छन् ।
गए राति ९ः०० देखि बिहान ५ः३० बजेसम्मको अवधिमा भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा गरी छ संक्रमितको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार यही वैशाख १२ गते पिसिआर जाँच गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएपछि वैशाख १५ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं १३ निवासी ५८ वर्षीया महिलाको गए राति ९ः०० बजे मृत्यु भएको छ ।
यसैगरी भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज–४ निवासी ६० वर्षीय पुरुष र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका–११ निवासी ४३ वर्षीया महिलाको गए राति करिव ९ः०० बजे नै मृत्यु भएको थियोे ।
यसैगरी भेरी अस्पतालमा नेपालगञ्ज–९ निवासी ४२ वर्षीय पुरुषको राति १०ः०० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका–८ निवासी ३२ वर्षीय पुरुषको भेरी अस्तालमै उपचारका क्रममा आज बिहान १ः३० बजे मृत्यु भएको छ ।
पछिल्लो पटक शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज–५ निवासी ५५ वर्षीय पुरुषको बिहान ५ः३० बजे मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १०९ जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार