ओली, बोली र भोली
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १८:५०:४७
नेपालको राजनीतिमा पटक–पटकका परिवर्तित राजनैतिक व्यवस्थामा नेपालमा रहेका राजनैतिक दलहरुको त्याग, समर्पण र लगानी जति अतुलनीय छ, त्यतिनै बढी समर्पण र विश्वास नेपाली जनतामा रहेको छ ।
नेपाली जनता सधैं मुलुक परिवर्तन र तिब्रतर विकासका पक्षमा देखिन्छन् । देशमा सृजना भएका राजनैतिक अस्थिरता र तिक्तताको छिटो निकासका पक्षमा देखिन्छन् । नेपाली नागरिकहरु मुलुकमा दिगो शान्ति र राजनैतिक सहिष्णुताका पक्षमा देखिन्छन् । तर नेपालका राजनैतिक दलहरुमा जनताको भावना र चाहनामा एकाकार हुनसक्ने शाहस र हिम्मत भने देखिदैन ।
२०४६ साल पूर्व मुलुकमा पञ्चायती व्यवस्थाको एकछत्र शासन थियो । दलिय राजनैतिक व्यवस्थामा आस्था राख्ने, नागरिक अधिकारका बिषयमा आवाज उठाउने, नागरिक स्वतन्त्रताका पक्षमा कलम चलाउनेहरुलाई पञ्चायतले अराष्ट्रिय तत्वको संज्ञा दिन्थ्यो । कतिको सर्वस्वहरण र कतिको ज्यानै समेत लियो ।
तर, पनि नागरिकहरु स्वतन्त्रता र परिवर्तनको पक्षमा अडिग रहि नै रहे । उबेलामा ईमान्दार नेतृत्व भएकै कारण नेपाली जनताले राजनैतिक दलहरुलाई साथ दिई नै रहे । परिवर्तनका हरेक आन्दोलनहरुमा अहिलेसम्म पनि नेपाली नागरिकहरुले नेपालमा बिद्यमान राजनैतिक दलहरुलाई साथ दिईरहेका छन्, सर्मथन गरिरहेका छन् ।
नेपाली जनताको आशा र भरोषामा लात हान्दै अनि कहिले के प्रलोभन त कहिले के को आश्वासन दिंदै नेपालका राजनैतिक दलहरु भने अहिलेसम्म पनि नेपाली जनताहरुलाई झुक्याउँदै जनताको अमूल्य मत लिएर आफु शासनसत्ताको सिंढी चढेर देशको राष्ट्रिय ढुकुटीको दोहनमा तल्लिन नै रहेका छन् ।
देश र जनताका समस्या, अप्ठ्यारा, असहजता र आवश्यकताका बिषयमा किञ्चित ध्यान दिन नसक्ने वर्तमानका नेताहरु आप्mनो नितान्त व्यक्तिगत लाभका लागि राजनैतिक गर्दै हिडेका, आफुले गरेका जघन्य अपराध लुकाउन र राजनैतिक संरक्षण संरक्षण पाउन राजनैतिक दलको झण्डा मुनी छिरेका अपराधिका झुण्डहरु, भ्रष्टाचारको आरोप लागेर सिंगो समाजको आँखामा नैतिकताबाट गिरेका बदनामी पुरुषहरुको मात्रै अहिले दल भित्र बोलाबाल बढदै जान थाले पछि नेपाली राजनैतिक दलहरु बदनाम र तिरस्कृत बन्दै गैरहेका छन् ।
देश र समाजले अपराधि भनी दोषि ठहर गरेका, अदालतको फैसला पछि जेल परेका व्यक्तिहरुलाई नितान्त आप्mनो कुर्सी बचाउनकै लागि उन्मुक्ति दिने गलत परिपार्टीका कारण वर्तमान नेतृत्व एक पछि अर्को बदनामी कमाईरहेको छ । सधैं कुर्सीमा मात्रै बसीरहन पाउने निकृष्ट अभिलाषाले मानिसलाई कतिसम्म तल गिरेर प्रस्तुत हुन बाध्य पार्दो रहेछ भन्ने कुराका उदाहरणहरु खोज्न कुनै अनुसन्धान गर्नै पर्दैन अहिले जताततै बिच सडकमै असरल्ल पोखिएका छन् ।
प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक परिवर्तनका २० बर्षसम्मको दलिय हर्कत हेर्दा विगतमा पनि राजनैतिक बेईमानीहरु नभएका होईनन् । जनताका भावनामा ठेस पुर्याउने काम विगतका राजनैतिक नेतृत्वहरुबाट समेत भएकै हुन तर बर्तमान ओली नेतृत्वको नेकपा र अहिले आएर पुनः नेकपा एमाले बनेको राजनैतिक दलको वर्तमान राजनैतिक नेतृत्व भने अहिलेसम्मकै बदनाम र आलोचित भएको देखिएको छ ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेपालको राजनीतिमा एक राष्ट्रबादी नेताको रुपमा स्थापित भैसकेको नाम थियो तर आप्mनो राजनैतिक छवि र उचाईलाई आँकलन गर्न नसक्दा स्वयं ओलीले नै आप्mनो राष्ट्रबादी छविलाई आफैले रसातलमा पुर्याईसकेका छन् । कुर्सी र व्हिकीका लागि आप्mनो पद र प्रतिष्ठालाई नै दाउमा लगाउने नेपाली राजनीतिको पुरानो रोग वर्तमान प्रधानमन्त्री ओलीमा समेत सरेको देखिएको छ ।
विगतमा ओली राष्ट्रबादी हुनुमा स्वयं ओलीको राष्ट्रियताका पक्षमा लिईएको चट्टानी अडान र राष्ट्रप्रेम प्रतिका उनका सारगर्भित अभिव्यक्तिहरु नै हुन । विगतमा बोली कै कारण ओली बनेका वर्तमान प्रधानमन्त्री अहिले आप्mनै छुद्र र निरस बोली कै कारण काम नलाग्ने अवस्थामा आईपुगेका छन् ।
हिजो ओलीका अभिव्यक्तिहरु मुख्य समाचारका हेडलाईन बन्थे भने अहिले उनै ओलीका अभिव्यक्तिहरु बालबालिका हँसाउने टिकटक मात्रै बन्न थालेका छन् । अहिले ओलीले के बोल्छन् ? भनेर आम नागरिकहरु रेडियो सुन्न र टि.भी. हेर्न समेत छोडेका छन् । हुँदाहुँदा सामाजिक सञ्जालमा ओलीको भाषण नसुन्न आप्mना बालबालिकाहरुलाई संझाई रहेका कार्टुनहरुको सांकेतिक बिरोध पनि ओलीको बोली सिक्लान भन्ने पिर र चिन्ताको द्यौतक बाहेक केहि होईन । यसले सामान्य नागरिकको आँखाले हेर्दा ओलीलाई उनको आप्mनै बोली अहिले घातक भईरहेको आभाष हुन्छ ।
आफ्नै दल भित्रको दोहोरीमा होस या जनताको सहभागिता रहने सभा सम्मेलनहरुमा होस् ओलीले देशको कार्यकारीको हैसियतमा भन्दा पनि हाँस्य कलाकारको अभिनयको हैसियतमा आफ्ना अभिव्यक्तिहरु पस्किरहेका देखिन्छन् । यसले पनि उनको उचाई निरन्तर रुपमा घटाई रहेको छ । यसले उनलाई क्षणिक आनन्द र दर्शक तथा श्रोतागणमा क्षणिक मनोरञ्जन प्राप्त भएता पनि कालान्तरमा यसले उनलाई र उनले नेतृत्व गरेको दललाई अत्यन्तै ठूलो घाटा हुने देखिन्छ ।
नेपालकै ईतिहासमा अत्यन्तै ठूलो राष्ट्रबादीको पगरी गुथेर पहिलो पटक बालुवाटार छिरेका ओली दोश्रो पटक पुनः शक्तिसाली पार्टीको शक्तिसाली अध्यक्षका रुपमा प्रधानमन्त्री बनेर बालुवाटार छिरेका थिए । उनको हिजोको राष्ट्रबादी अडानकै कारण नेपाली जनताले ओली नेतृत्वको दललाई उनले समेत नसोचेको अभिमत दिए, अत्यन्तै शक्तिसाली बनाएर देश र जनताका पक्षमा काम गर्न जनताले चुनेर पठाए ।
तर, यसपटक भने उनले देशको उन्नति र प्रगतिमा खासै चासो दिएनन बरु उटपट्याङ्ग र उत्ताउला कुरा गरेर दर्शक दीर्घालाई हँसाए । आफ्ना असलियत अनुहार देखाएर नक्कली राष्ट्रबादीको पगरी समेत फुकाए । कहिले रअ त कहिले भ्रष्टाचारीहरुको गोलचक्करमा परेर जनताको विश्वासमा ठेस पुर्याए ।
प्रधानमन्त्री ओलीको प्रत्येक बोली अहिलेको राजनैतिक तहमा पचाउन लायक छैन । आफ्नै दल भित्रको दोहोरीमा होस या जनताको सहभागिता रहने सभा सम्मेलनहरुमा होस् ओलीले देशको कार्यकारीको हैसियतमा भन्दा पनि हाँस्य कलाकारको अभिनयको हैसियतमा आफ्ना अभिव्यक्तिहरु पस्किरहेका देखिन्छन् । यसले पनि उनको उचाई निरन्तर रुपमा घटाई रहेको छ । यसले उनलाई क्षणिक आनन्द र दर्शक तथा श्रोतागणमा क्षणिक मनोरञ्जन प्राप्त भएता पनि कालान्तरमा यसले उनलाई र उनले नेतृत्व गरेको दललाई अत्यन्तै ठूलो घाटा हुने देखिन्छ ।
हामीले बाहिर बसेर स्व–मुल्यांकन गर्ने हो भने ओलीको बोलीका कारण भोलीको राजनैतिक नेतृत्व कस्तो उत्पादन होला ? भोलीका पिंढीमा बर्तमानका प्रधानमन्त्री ओलीका बिषयमा कस्तो शन्देस जाला ? अनि भोली आउने आउने नेतृत्वले पनि यस्तै उरन्ठ्याउले अभिव्यक्ति र अपत्यारिता गफहरुको संगालोले कस्तो उत्पादन भित्र्याउला भनेर सहजै अनुमान लगाउन सकिन्छ । सांसद अपहरण गर्ने पटक पटक आरोप लागेको बर्तमान सरकारका प्रधानमन्त्री, तिनले नै दिक्षित गरेका मन्त्री, एकलौटी रुपमा बनाईएका म्यादी केन्द्रीय सदस्यहरु देखि उनकै हावादारी गफ सुनेर बनेका उनका पर्सनल कार्यकर्ताहरुबाट भोलीका दिनमा आउने नेतृत्व कस्तो रहला ? कसरी नेतृत्व गर्ला सिंगो पार्टी र नेपाली जनताको ??
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार