संयोजक बसुन्धरा भुषालद्धारा कल्याकारी कोषलाई रकम हस्तानतरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार १८:३८:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/basundhara-bhusal_Ow4uGVRrB3.jpg)
१६ बैशाख, काठमाडौं । अभिनेत्री बसुन्धरा भुषाल नेपाली चलचित्र क्षत्रेका लागि प्रतिष्ठित नाम हो । उनी विगत पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा लागि रहेकी छन् । विशेषत संघ संस्थाको वृद्धि विकास र चलचित्रकर्मीको सेवा सुरक्षाका लागि निरन्तर खटिरहने भुषाल चलचित्र विकास बोर्ड अन्र्तगर्तको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत हुन् ।
स्थापनाकालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग खोज्न आफुलाई व्यस्त बनाउने गरेकी छन् । राष्ट्रिय कार्यक्रमदेखि अन्र्तराष्ट्रिय कार्यक्रमसम्म भुषालले कोषको लागि सहयोग जुटाउँदै आएकी छन् । हाल कोषमा चार करोड बढि रकम जम्मा भएको छ । यसमा सबैभन्दा बढि भुमिका अभिनेत्री भुषालकै रहेको छ ।
कोषले समस्यामा रहेका चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपरान्त काजकिरिया सहयोग गर्ने लगायतका सेवा वितरण गर्दै आएको छ ।
सोही कोषका लागि अभिनेत्री भुषालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा समेत सहयोग रकम जुटाएकी छन् । आफ्नो पारिवारीक भेटघाट र घुमघामको लागि ६ महिना अघि अमेरिका पुगेकी अभिनेत्री भुषाले चार लाख बढि रकम संकलन गरेर ल्याएकी छन् । बुधवार भुषालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई ३ लाख बिस हजार बढि रकम हस्तानतरण गरेकी हुन् । उनले अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरुसंग सहयोग संकलन गरेकी थिइन् । सोही रकम उनी नेपाल आउने बितिकै बोर्डलाई हस्तानतरण गरेकी हुन् ।
अमेरिका बाल्टिमोरमावासी बरिष्ठ लोक गायक प्रेम राजा महतबाट १ लाख तीन हजार दुई सय, कलाकार पुजा आर लामा र राजु लामाबाट २४ हजार एक सय बिस, कलाकार साराङ्गा श्रेष्ठबाट २४ हजार एक सय बिस, कलाकार सबिता अधिकारीबाट १२ हजार छ सय, दिव्य चन्दबाट १२ हजार एक सय बिस, कलाकार अरुणिमा लमसालबाट १२ हजार एक सय बिस, कलाकार दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार एक सय बिस, कलाकार रञ्जना शर्माबाट १२ हजार एक सय बिस, कलाकार मुकेश आचार्यबाट १२ हजार एक सय बिस, सुरेश श्रेष्ठबाट १२ हजार एक सय बिस, कलाकार राधा (भाव)बाट ६ हजार एक सय बिस, भेष पोखरेलबाट ६ हजार एक सय बिस, अमेरिका न्युजर्सिवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार एक सय बिस, अमेरिका बोस्टनवासी संचिता थापाबाट २४ हजार एक सय बिस, अमेरिका न्युयोर्कवासी डाक्टर रबिन राईबाट १२ हजार एक सय बिस गरि ३ लाख १६ हजार पाँच सय ६० रुपैयाँ सहयोग संकलन भएको थियो । यसमा नपुग केही रकम बसुन्धरा भुषाल र चेत नारायण भुषाल परिवारले थपेका छन् । यस्तै नायक पल शाहले पनि १ लाख एक सय एक रुपैयाँ घोषणा गरेका छन् ।
कोरोनाको समयमा निकै मेहनतका साथ बसुन्धारा भुषालले धेरै रकम संकलन गरेको अमेरिकावासी कलाकारहरुले बताएका छन् । उनको यो समर्पण प्रति सम्पूर्ण अमेरिकावासी चलचित्रकर्मी नतमस्तक रहेको समेत अभिनेत्री पुजा चन्द लामाले बताएकी छन् । गत अप्रिल ३ तारिक पुजा चन्दले आफ्नै घरमा सबैलाई जमघट गर्दा सहयोग अपिल गरिएको थियो । जसका लागि प्रकाश शर्मा र गायक राजु लामाले सहयोग गरेका थिए ।
कलाकारहरू प्रति आगाध प्रेम बोकेर हिन्नुहुने, चलचित्रकर्मिहरू का निमित्त जीवन समर्पण गर्न संधै तत्पर रहनुहुने आदरणिय कलाकारहरूकी सम्माननिय दिज्यू बसुन्धरा भुषालको योगदान अतुलनीय रहेको लोक गायक प्रेम राजा महतले अमेरिकाबाट बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्वजनिक
जेठ ३१, २०८१ बिहिबार
१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन
जेठ ३०, २०८१ बुधबार
चेपाङको जीवनीमा दीपेन्द्रले तयार गरे वृतचित्र ‘पचेडा’
जेठ २७, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार