कोरोनाविरुद्धको खोपको पहिलो डोज २१ लाखले लगाए
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ बिहिबार २३:४०:५
१६ बैशाख, काठमाडौं । नेपालमा झण्डै २१ लाखले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार कोभिशिल्ड र भेरोसिल्ड गरी २० लाख ९१ हजार जनाले पहिलो डोज खोप लगाएका हुन् ।
भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले १४ माघ २०७७ देखि खोप अभियान शुरु गरेको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनहरुलाई खोप दिइएको थियो । सेरम इस्टिच्युटसँग २० लाख खोप किन्ने सहमति भएपनि १० लाख डोज मात्र नेपाल आइपुगेको छ ।
भारतीय सेनाले नेपाली सेनालाई दिएको ३ लाख ४८ हजार डोजसमेत जोड्दा कुल २३ लाख ४८ हजार कोभिशिल्ड खोप नेपालमा आइपुगेको थियो । जसअनुसार १८ लाख १९ हजार ४३६ जनाले कोभिशिल्ड खोपको पहिलो डोज लगाएका छन् ।
कोभिशिल्डको पहिलो मात्र लगाएकामध्ये ३ लाख ३२ हजारले दोस्रो डोज पनि लगाइसकेको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै चीन सरकारले ८ लाख डोज अनुदानमा भेरोसिल्ड नेपालमा दिएपछि हालसम्म २ लाख ७१ हजार ५६४ जनाले भेरोसिल्डको पहिलो डोज लगाएका छन् । ४ लाख जनालाई भेरोसिल्ड खोप दिने लक्ष्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार