स्वास्थ्य सुरक्षा मापदण्ड विपरित सरकारी कार्यालयमा भीड
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ शुक्रबार ०:३२:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/government-office-croud_YjPGuET9Ks.jpg)
मिना कंडेल
१६ वैशाख, नवलपुर । पूर्वी नवलपरासी काेराेनाभाईरसको दोस्रो भेरियन्टको उच्च जोखिममा रहेको छ । कोरोना भाईरसको संक्रमणबाट कोहि पनि अछुतो रहन सकेनन् ! न कुनै क्षेत्र, न कुनै सम्प्रदाय यसको असर दिन दुई गुणा रात चौगुणा बढ्दै गएको छ । तर पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएको पाईदैन ।
विशेषगरि सरकारी कार्यलयमा सरकारले अपनाउन भनिएको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन नसक्दा अवस्था जटिल बन्दै जाने निश्चित रहेको छ । हरेक सरकारी कार्यलयमा सेवाग्राहीको भिड देख्न सकिन्छ ।
सरकारले कोरोनाको दोस्रो लहर बढेसँगै २५ जना भन्दा धेरै जम्मा नहुन निर्देशन जारी गरे पनि सरकारी कार्यालयहरुमा नै सरकारको निर्देशन कार्यान्वयन भएको छैन । पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा रहेको मालपोत कार्यालय, नापि कार्यलय, कर कार्यालय आदि जुनसुकै कार्यलयमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड विनानै सेवाग्राहीहरु भिडभाड गरिरहेका छन् ।
जिल्ला प्रशासन कार्यलय नवलपुरले पनि सभा सम्मेलन, गोष्ठि, कार्यक्रममा २५ जना भन्दा बढि सहभागी हुन नपाउने, भीडभाड नगर्ने, सामाजिक दुरी कायम गर्नै र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भन्दै सुचना जारी गरेको छ । तर, सरकारी कार्यलयमा हुने भीडलाई के भन्ने ? सरकारी कार्यलयले निर्देशन कार्यान्वयन नगरेको हो वा सेवाग्राही आँफै सेवा लिन जाँदा भीड गरेका छन् । त्यसप्रति सम्बन्धित निकायको ध्यान पुग्न नसकेको देवचुलीका रामु भण्डारी बताउँछन् ।
उनले भने “ न कसैले राम्रोसँग माक्सको प्रयोग गरेका छन् । न त सामाजिक दुरी कायाम नै गरेका छन् । कतिखेर आफ्नो पालो आउला भन्दै ठेलमठेल गरी लाइनमा बसेका छन् ।” एक दुईजनाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँछु भनेर नहुने रैछ । आफ्नो काम सक्नका लागि स्वयम त्यो भीडमा होमिनुपर्नै बाध्यता छ ।
त्यस्तै कावासोती २ का खेम काफ्लेले पनि गुनासो गरे । आफ्नै कामको लागी कार्यलयमा आएको भएपनि काम त सकिएला तर घर फर्कदा संँगसँगै रोग उपहार पाईने भएको छ । किन यस्तो गरेको होला भनेर कर्मचारीलाई सोध्दा हाम्रो कामको लागि होईन सेवाग्राहीलाई नै सेवा दिएका छाँै भन्ने जवाफ आउँछ ।
पूर्वी नवलपरासीका सरकारी कार्यलयमा समयमा नै ध्यान दिइएन भने एक साता भित्र कोरोना संक्रमणको दरमा बृद्धि भएर यहाँका अस्पतालमा बेड नपाउने अवस्थाको सृजना हुनेमा दुई मत छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी
असार ३, २०८१ सोमबार
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालकको शव फेला
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार