ज्यानमारा भाइरसबाट बाँकेमा एकैदिन ८ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १६, २०७८ शुक्रबार २:५:०
१६ बैशाख, बाँके । ज्यानमारा भाइरसबाट बाँकेमा बिहीबार एकैदिन कोरोना भाइरस संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा ६ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २ जना गरी कुल ८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेका ५ जना, कैलालीका दुई जना र बर्दियाका एक जना छन् । भेरी अस्पतालमा नेपालगञ्ज–५ का ५५ वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ का ६७ वर्षीया महिला र नेपालगञ्ज–१७ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी नेपालगञ्ज मेडिकल कलेजमा बाँकेकै नेपालगञ्ज–८ का ३३ वर्षीय पुरुष र कोहलपुर–१३ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
भेरी अस्पतालमा कैलालीको लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुष र कैलालीकै टीकापुर नगरपालिका–१ कि ५१ वर्षीया महिलाको पनि मृत्यु भएको बताइएको छ । भेरी अस्पतालमै बर्दियाको बढैयाताल गाउँपालिका–८ का ३२ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार