कोरोना प्रभावमा सहजपुर–बिपीनगर–बोगटान सडक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_q7JcPhruJc.jpeg
)
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १९:११:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/nakhu-sadak_s26ZSVOOyD.jpg)
१७ वैशाख,डोटी । कोरोना महामारीको त्रासका कारण कैलालीको सहजपुर हुँदै दिपायल जोड्ने सहजपुर–बिपीनगर–बोगटान सडकको काम पुनः सुस्त गतिमा गएको छ । सडक क्षेत्रमा पर्ने रुखहरु काट्ने अनुमति पाएसँगै तीव्र गतिमा भइरहेको काम अहिले कोरोनाका कारण बन्दाबन्दी शुरु हुन थालेपछि उक्त सडकमा काम गर्ने मजदूर आआफ्नो घर फर्किन थालेका कारण कामले तीव्रता पाउन नसकेको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन ७ गते शिलान्यास गरेको उक्त सडक निर्माण सुस्त भएपछि तोकिएका समयमा काम सम्पन्न हुन नसक्ने भन्दै स्थानीयवासीमा निराशा छाएको चुरेगाउँपालिका निगालीकी नीता बोहराले बताइन् । उहाँले भनीन्, “समयमै काम सकिएला र पिच सडकमा यात्रा गरौँला भन्ने आशा थियो, कोरोनाले हाम्रो सपना पूरा होला जस्तो छैन ।”
कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्म ४० किलोमिटर लामो सो सडक निर्माण अवधि सकिनै लाग्दा समेत कोरोनाले खासै भौतिक प्रगति हुन नसकेको स्थानीयवासीको आरोप छ । आगामी असार ७ गते सक्ने गरी २०७५ मङ्सिर २२ गते पिआरएल कुमार जेभीसँग सहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किमी सडक कालोपत्रेका लागि सम्झौता भएको थियो । सम्झौतानुसार सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दायाँबायाँ एकएक मिटर सोल्जर ९ग्राभेल० सडक निर्माण गरिसक्नुपर्नेछ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रु एक करोड ९६ लाख ९३ हजार ३१२ अमेरिकी डलरमा भएको हो ।
शिलान्यास भएको केही सयम कामले तीव्रता पाए पनि कोरोनाका कारण पटकपटक हुने बन्दाबन्दीलगायत अ स्थानीयवासीको अवरोधका कारण तोकिएका समयमा लक्ष्य पूरा हुन नसक्ने सडकका आयोजना प्रमुख उज्ज्वल श्रेष्ठले बताए । उनका अनुसार सडकको अहिलेसम्म करीब ३५ प्रतिशत मात्रै काम भएको छ ।
सर्वसाधारणले अहिले सो सडकमा आवतजावत गर्दा निकै सास्ती खेपिरहनुपरेको बिपीनगरका बासिन्दा तथा व्यापारी भोजबहादुर देउवाले बताए । वर्षामा हिलो र अरुबेला धुलाले आवतजावतमा पहिलेभन्दा बढी सास्ती खेप्नुपरिरहेको कैलाली, चुरे गाउँपालिका–१ निगालीका केशवबहादुर सिंहले गुनासो गरे । कालोपत्रेको काम नहुँदा सडकभरि डोजरले खनेको हिलो र धुलाले आवतजावतमा समस्या हुँदै आएको बताइएको छ । तत्कालीन जिल्ला पञ्चायत सभापति भरतबहादुर खड्काले विसं २०४४ मा साधारण मार्ग खोल्ने कामको शिलान्यास गरेका थिए ।
आयोजनाको शुरुको सम्झौता अवधि करीबकरीब सकिन लागेको छ । पछिल्लो समय कोरोनाले काम गर्ने कर्मचारीलाई पनि असर गर्न सक्ने भनी कामदार घर फर्किने तयारी गरेपछि सडकको काम अझै रोकिने अवस्था आएको आयोजनाले जनाएको छ । सो सडक निर्माणपछि कैलालीको चुरे र डोटीको दक्षिणी भेगका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिन्छ । सडक विस्तारसँगै सो क्षेत्रमा उत्पादित कृषि उपजले पनि बजार पाउने आशामा खुशी भएका यहाँका नागरिक सडकको कामले गति नलिएपछि निराश भएको बडिकेदार गाउँपालिकाका भक्तबहादुर साउदले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकद्वारा सुदूरपश्चिमको विद्यालयलाई २० वटा फ्यान सहयोग
असार १४, २०८१ शुक्रबार
उखरमाउलो गर्मीमा ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सास्ती
असार १३, २०८१ बिहिबार
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको विद्यालयलाई एक लाख सहयोग प्रदान
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
मेसिनबाट धान रोप्दै प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)
असार १५, २०८१ शनिबार
गुल्मीमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु
असार १५, २०८१ शनिबार
स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु
असार १५, २०८१ शनिबार
युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
असार १५, २०८१ शनिबार
शरीरलाई चलायमान नबनाए हुन सक्छ हृदयघात, मधुमेह र स्तन क्यान्सर जस्ता रोग !
असार १५, २०८१ शनिबार
पराग्वेमाथि ब्राजिलको फराकिलो जित
असार १५, २०८१ शनिबार