सुवासले आफ्नै निर्देशनमा ल्याए ‘कुल्चि हिड्छन् फूललाई’
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार १९:२८:४४
अमेरिका निवासी अभिनेता सुवास थापा पछिल्लो समय अभिनय तथा निर्देशन दुवैमा सक्रियता देख्न सकिन्छ । थापाको निर्देशन रहेको गीत ‘कुल्चि हिड्छन् फूललाई’को म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ । खेम रिजालको शब्द, छवि न्यौपानेको स्वर र कर्मा ग्यान्चेन संगीत रहेको गीतको भिडियो अमेरिकामै खिचिएको हो । भिडियो राम्रो बनेको छ ।
बिनीता खड्का थापाको कोरियोग्राफी रहेको भिडियोमा सुवासका अलवा बिनीता खड्का थापा, सिआइला, पतृक र कृष्टिनको अभिनय छ । भिडियोमा सुवासको अभिनयले दर्शकको मनछुने छ । पूर्व प्रेमीप्रेमीकाको मिलन बिछोड र जीवनको उतारचढापको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायाँकन गरेका हुन् । ‘कोही मेरो,’ ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्ममा अभिनय गरेर चर्चामा रहन सफल सुवास केही बर्षयता सपरिवार अमेरिकामा बस्दै आइरहेका छन् ।
अमेरिकामा थापाले कन्ट्रेल राइटको निर्माण तथा निर्देशन रहेको एक अंग्रेजी फिल्म ‘हाउ टु किप योर म्यान ह्याप्पी’मा समेत अभिनय गरेका थिए । फिल्ममा उनको व्यवसायीको भूमिका रहेको छ । अमेरिकामा रहे पनि कलाकारिता प्रति आफ्नो अगाढ प्रेम रहेकाले मौका मिलेसम्म नेपाली फिल्म तथा गीतसंगीतमा आफूलाई प्रस्तुत गरिरहने उनी बताउछन् ।
‘मेरो ज्यान अहिले बिदेशमा छ । मन त नेपाली नै होनी’ थापाले भने ‘नेपाली फिल्म र गीतसंगीत अभिनय अन्य काम छोडेर पनि गर्छु ।’ थापाले यसै फिल्मबाट म्युजिक भिडियो निर्देशन समेत थालेका हुन् । आगामी दिनमा यो यात्रा निरन्तर रहने उनी सुनाउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार