सीमा क्षेत्रबाट हुने निर्वाध आवतजावतले संक्रमण बढ्दै
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २०:११:४४
१७ वैशाख,लहान । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण पुनः बढदै गएपछि सिरहा जिल्ला पनि यसको उच्च जोखिममा परेको छ । भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण सिरहामा पनि कोरोना सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको स्थानीयवासीहरु बताउँछन् ।
‘‘भारतीय बजार जाने आउने क्रम चल्दै छ”, लहान नगरपालिका–७ का वडाध्यक्ष राकेश रोशन गुप्ताले भने, ‘‘सीमाक्षेत्रमा हुने आवागमन नरोकिदाँ कोरोना संक्रमणको जोखिम अत्यधिक बढेको छ ।” जोखिम बढ्दै गएपनि सो अनुसारको सुरक्षा साबधानी अपनाइएको देखिदैन्, उनले भने ।
‘‘भारतको बिहारमा समेत कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेको छ”, लहानका स्थानीयवासी सत्यनारायण चौधरीले भने, ‘‘छिमेकी जिल्लामा कोरोना फैलिरहेपनि सिरहामा स्वास्थ्य सुरक्षा साबधानी अपनाइएको देखिदैन्, फलस्वरुप कुनै पनि बेला कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिन सक्ने भएकाले नेपाल भारत सीमाक्षेत्रमा हुने आवागमनलाई तत्काल रोक्नुपर्छ ।” एकातिर सीमासँग जोडिएका भारतको बिहार राज्यका विभिन्न स्थानमा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल भारतीय सीमा नाकाहरु बन्द गर्नुपर्ने आवाज उठेपनि कार्यान्वयन नहुदाँ अझै सर्वसाधारण वारिपारि गरिरहेका छन् ।
भारतको विभिन्न शहरमा काम गरी नेपाल फर्किने क्रम पनि अझै रोकिएको छैन् । खुल्ला सीमानाका कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिने गरेका छन् । तीमध्ये अधिकांशले सिधैं परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेका कारण कोरोना भाइस सङ्क्रमण उच्च दरमा फैलिने सम्भावना प्रवल रहेको छ ।
सिरहा बरियारपट्टीका स्थानीयवासी मुकेश यादवले भने, ‘‘सरकारले एकातिर सीमानाका बन्द गर्ने बताइरहेको छ भने अर्कोतिर भारतीय बजार जाने र आउने क्रम बढेकाले जोखिम बढे्को छ ।” खुल्ला सीमानाकाका कारण हुलका हुल मानिसहरु सीमावर्ती भारतीय बजार लदनियाँमा जाने आउने गरिरहेकाले संक्रमणको जोखिम बढ्को तर स्थानीय तहबाट त्यसलाई रोक्ने प्रयास नभएको स्थानीयवासीहरुको गुनासो छ । यसका साथै दैनिक लाग्ने हाटबजारमा पनि सर्वसाधारणको चहल पहल ह्वातै बढेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणँेलले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन सुरक्षा सतर्कता बढाइएको बताए । सिरहा प्रबेश गर्ने नाकाहरुमा सुरक्षा निगरानी बढाउनुका साथै सीमानाकामा हेल्थ डेस्क राखिएको उनले जानकारी दिए । उनले भने, ‘‘सीमा नाकामा हुने आवतजावतमा कडाइ गरेका छौं, हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेर मात्र जान दिएका छौं, अब लुकीछिपी चोर बाटो भएर आइरहेको छ भन्ने त्यसलाई पनि रोक्ने प्रयास गर्छौ ।” विश्व समुदाय नै कोरोनाको महामारीसँग जुधिरहेकाले यसप्रति सबै सचेत हुनुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार