भयावह अन्त्य गर्न निषेधाज्ञा लगाउन सकिन्छ : मुख्यमन्त्री राई
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २१:२०:०
१७ वैशाख,मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउनसकिने बताएका छन् । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज अवलोकन गर्दै उनले विराटनगर कोरोनाको मुख्य केन्द्रविन्दु रहेकाले एक दुई दिनको अवस्था हेरर सुरक्षा, प्रशासन, स्थानीय निकाय एवं सबैको सहयोगबाट प्रदेश सरकारले छलफलपश्चात् आवश्यक सावधानीका लागि निषेधाज्ञा लगाउने निर्णय गर्नुपर्ने हुन सक्ने जानकारी दिए ।
उनले सुनसरी जिल्लामा निषेधाज्ञा लागू भएको र यहाँ पनि कोरोना नियन्त्रणका लागि सावधानीको पूर्वतयारीका रूपमा निषेधाज्ञा लगाउनुपर्ने हुन सक्ने बताए । मुख्यमन्त्री राईले निषेधाज्ञाको अवस्थामा गरीब एवं विपन्नहरुको आवश्यकतालाई ध्यानमा राखी उद्योग, व्यापारी र नागरिक समाजको सहयोगमा विगतको अनुभवका आधारमा सरकारले काम गर्ने विचार व्यक्त गरे।
उनले संक्रमितको सङ्ख्या जतिसुकै वृद्धि भए पनि उपचारमा कुनै कमी हुन नदिन यस क्षेत्रका निजी अस्पताल, शिक्षण अस्पताललगायतसँग आवश्यक सम्झौता गरी उपचारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लामा स्थानीयस्तरमा कोरोना संक्रमितको सहज र गुणस्तरीय उपचारका लागि सम्पूर्ण जिल्लामा २० शय्याको आइसोलेसन र उपचार कक्ष निर्माणका लागि आवश्यक निर्देशन एवं बजेट व्यवस्था गरिएकाले बिरामीको स्थानीयस्तरमा उपचार हुने उनको भनाइ थियो ।
मुख्यमन्त्री राईले प्रदेशको खुला सीमा क्षेत्रमा आवश्यक जाँचमा कडाइ गर्नाका साथै मुख्य सीमा नाकाहरु गौरीगञ्ज, भाण्टाबारी, रानी, काँकडभिट्टा, पशुपति नगरसहित जिल्ला प्रवेशद्वारका रुपमा रहेको सोलु, ओखलढुङ्गा, खोटाङमा होल्डिङ सेन्टर, क्वारेन्टिन निर्माणका लागि निर्देशनसहित बजेटका व्यवस्था गरिएको जानकारी दिए ।
सामाजिक विकासमन्त्री उषाकला राईले संक्रमितको उपचारका लागि विशिष्टीकृत सेवासहित आवश्यक जनशक्तिको व्यवस्था गरिएकाले केन्द्रले गुणस्तरीय सेवा प्रदान गर्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले केन्द्रलाई भविष्यमा आवश्यक पर्ने जनशक्ति करारमा उपलब्ध गराउने जानकारी दिए ।
कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रको हाताभित्र सञ्चालित नागरिक केयर सेन्टर आजदेखि पुनः सञ्चालन भएको छ । सेन्टर र केन्द्रको गरी १८० शय्यामध्ये २८ भेन्टिलेटर आइसियु र बाँकी सबै शय्या अक्सिजन र एचडियू रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरा जाने केबलकार निर्माणका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप
कात्तिक २३, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
पश्चिमी तथा स्थानीय वायुको प्रभावः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
मंसिर १, २०८१ शनिबार
सीमा सुरक्षालाई बलियो बनाउन आजदेखि काठमाडौंमा एपिएफ–एसएसबी आठौं समन्वयात्मक बैठक
मंसिर १, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १, २०८१ शनिबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार