नेपालमा संक्रमणदर उच्च, सर्वसाधारणलाई सतर्क हुन मन्त्रालयको अपिल
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २२:३३:३६
१७ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणदर निरन्तर बढ्दै गइरहेको छ । संक्रमण बढेसँगै जोखिम पनि उच्च रहेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई सतर्क हुन अपिल गरेको हो
कोभिड-१९ संक्रमणका हिसाबले अति प्रभावित २२ जिल्लामा कोरोना संक्रमणदर डर लाग्नेगरी बढेको जानकारी दिँदै अस्पतालमा समेत बिरामीका लागि शय्याको अभाव हुने अवस्था आएकाले सतर्क रहन र सरकारले तोकेका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।
स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भएको समेत मन्त्रालयले जानकारी दिएको छ ।
सबैलाई कोभिड महामारीमा संवेदनशील हुन आग्रह गर्दै कुनै पनि मार्गबाट देश तथा विदेश जाने, आन्तरिक तथा बाह्य पर्यटनका लागि कहिँ‚ कतै जानसमेत पूर्ण रुपमा बन्द गर्न मन्त्रालयले अनुरोध गरेको छ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्नेगरी संक्रमण फैलिरहेको यो अवस्थामा संवेदनशील भई स्वास्थ्य मापदण्ड अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार