संक्रमणको जोखिम हुन नदिन सचेतना अभियान गर्न आह्वान
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शुक्रबार २३:८:५१
१७ वैशाख,मकवानपुर । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को संक्रमणको जोखिम हुन नदिन पुनः सचेतना अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले १३ वटै जिल्लाका स्थानीय तह अन्तर्गत रहेका टोल विकास संस्थालाई पुनः सक्रिय हुन आह्वान समेत गरेको छ ।
मन्त्रालयका आज आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जिल्ला अस्पताललाई कारोना अस्पतालमा रुपान्तरण गर्दै संक्रमितको उपचारमा पहिलो प्राथमिता दिने व्यवस्था मिलाइएको जानकारी समेत दिइन् । उनले भनीन् “कोरानाका बिरामीलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर र आइसीयूको व्यवस्था गरिनेछ । यसका लागि आवश्यक श्रोत र साधन उपयोग गरिने छ । ”कोरोना संक्रमण नियन्त्रणका लागि अल्पकालीन र दीर्धकालीन योजना कार्यान्वयन समेत भइरहेको उनले बताइन् ।
सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारीले संक्रमण न्यूनिकरण गर्न अस्पतालमा दक्ष चिकित्सक, सुबिधायुक्त प्रयोगशाला सहित अक्सिजन र भेन्टिलेटरको व्यवस्थापन गरिएको जानकारी दिए । उनले स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासङघका अध्यक्ष मणिराज गौतमले कोरोना नियन्त्रणका लागि सरकार, सामाजिक क्षेत्र र स्थानीय निकायका बीचमा प्रभावकारी समन्वयको खाँचौ औँल्याउँदै घरदैलोमा जनचेतना पु¥याउन आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार