निशान भट्टराईको गाजल लिपिक्कै
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शनिबार ०:२७:३३
गायक निशान भट्टराईको आवाजमा नयाँ गित ‘गाजल लिपिक्कै’ रिलिज भएको छ । ‘चट्ट कपाल कोरेर’ र ‘माया पलायो’ गीत सार्वजनिक गरेको केही समयपछि धनकुटा खबरले नृत्यमा आधारित ‘गाजल लिपिक्कै’ पनि रिलिज गरेको हो ।
उक्त गितको भिडियोलाई संसारीमाई सिमसार क्षेत्र पाख्रीबास तालतलैयास्थित ह्याङआउट हलमा छायाङ्कन गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए । त्यस्तै, यस गितको रिङब्याक टोनका लागि सीआरबीटी र पीआरबीटीसमेत एक्टिभ गरिसकिएको प्रोडक्सन म्यानेजर राईले जानकारी दिए ।
सञ्चारकर्मी समेत रहेका धनकुटाको पाख्रीबासका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको उक्त गितलाई एमके निरौलाले संगीतबद्ध गरेका छन् । साथै, उक्त गितमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ, भने रेकर्डिङको काम रञ्जन राईले गरेका छन् ।
सार्वजनिक गितको भिडियोमा सुमन योगी, मोडन सिम्रन कार्की, नुमाफुङ लिम्बु, आस्था भुजेलको दमदार अभिनय रहेको छ । त्यस्तै, गीतको भिडियोमा करुणा लिम्वु, सुजन राई, पुष्पराज तामाङ, स्वीकृती योगी र अभिशेक लिम्बुको पनि अभिनय रहेको छ ।
प्रनेश राई ‘यात्री ब्रोज’ले क्यामेरामा कैद गरेका भिडियोमा सुमन योगीको नृत्य निर्देशन रहेको छ । अघिल्ला गितहरुलाई जस्तै यस गितलाई पनि दर्शक र श्रोताले सकारात्मक प्रतिक्रिया दिने उत्पादक टिमले अपेक्षा गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो...
असोज ११, २०८१ शुक्रबार
फिल्म छक्का पञ्जा-५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक
असोज ३, २०८१ बिहिबार
यशश्वी प्राज्ञ पुरस्कार लोकगायक यज्ञराज उपाध्यायलाई
भदौ २५, २०८१ मंगलबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार