रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शनिबार ०:४२:०
१७ बैशाख, काठमाडौं । इकमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिब्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गन भएको हो ।
२०७७ बैशाख १ गतेदेखि रिचार्जरबाट सामान खरिद गरेका सेवाग्राहीमा कोरोना संक्रमण देखिएको खण्डमा अस्पतालसम्म पुग्नका लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था गरिएको रिचार्जरले जनाएको छ । सेवाग्राही आफैंले एम्बुलेन्स व्यवस्था गरेको खण्डमा अस्पतालका कागजात सहित रिचार्जरमा सम्पर्क गर्दा एम्बुलेन्समा लागेको खर्च रिचार्जरले उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
यसका साथै कोभिड प्रोटेक्टिभका सामानहरु ८० प्रतिशतसम्मको छुटमा घरमा निशुल्क डेलिभरी हुने व्यवस्था रिचार्जरले गरेको छ । यसका लागि सेवाग्राहीले रिचार्जरको मोबाइल एपबाट सामान अर्डर गर्नु पर्ने रिचार्जरले जनाएको छ । निषेधाज्ञाका बेला सामान किन्न असहज परिस्थितीलाई ध्यानमा राख्दै रिचार्जरले विभिन्न बैंकका क्रेडिट कार्ड वाहकहरुलाई तत्काल किस्ताबन्दीमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने छ । बैंकका क्रेडिटकार्ड वाहकले रिचार्जरबाट सामान खरिद गरेर लकडाउन पछि उक्त रकमलाई किस्ताबन्दीमा रुपान्तरण गर्न सक्नेछन् ।
किस्ताबन्दीमा ग्याजेट्स किन्न चाहने तर क्रेडिट कार्ड नभएकाहरुले रिचार्जर एपमा दिइएको कोटेशन फिल अप गरे पछिका प्रकृया पुरा गर्न अनलाइनबाटै कागजात बुझाएर सामान अर्डर गर्न सक्ने छन् । ग्याजेट्स किन्दा विभिन्न बैंकको डिजिटल भुक्तानी प्रयोग गर्नेले १० देखि २० प्रतिशतसम्म छुट पाउने छन् भने इसेवाबाट रकम भुक्तानी गर्नेले १५ प्रतिशतसम्म क्यास प्वाइन्ट रिडिम गरी सामान किन्न सक्ने छन् ।
रिचार्जरका नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरेर खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाउने छन् । मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र विभिन्न सेवाको बिल भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइनेछ । यसरी प्राप्त क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा सदुपयोग गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार