अब विदेशबाट ओर्लिनेबित्तिकै नेपाली होम क्वारेन्टाइनमा जान पाउने
नेपालबहस संवाददाता
बैशाख १७, २०७८ शनिबार १:३७:५०
१७ बैशाख, काठमाडौं । विदेशबाट आउने नेपाली सोझै होम क्वारेन्टाइनमा बस्न पाउने भएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार विदेशबाट आउने नेपालीहरु होटल वा होम क्वारेन्टाइनमा कम्तिमा १० दिन बस्नुपर्ने भएकाे हाे ।
प्राधिकरणका अनुसार क्वारेन्टाइनमा बसे र नबसेको निगरानी स्थानीय निकायले गर्नेछन्। यसैगरि नेपाल आउने विदेशीले १० दिन होटल क्वारेन्टाइनका लागि ‘प्रि बुक’ गरेको हुनुपर्ने पनि प्राधिकरणले जनाएको छ। यस्तै प्रत्येक उडानपछि जहाज तथा ब्यागेजलाई निसंक्रमित गर्नुपर्ने छ । चेक–इन बोर्डिङ, ब्यागेज क्लेम, प्रतीक्षालायमा हुने भीडभाडमा रोक लगाइएको छ ।
निषेधाज्ञाका बेला जहाज चढ्न र ओर्लिनेबित्तिकै गन्तव्यमा पुग्न भने सजिलो हुने छैन । आन्तरिक उडानतर्फ जहाजमा पहिले जस्तो फेस सिल्डसहित मास्क, सेनिटाइजर अनिवार्य गरिएको छ । प्रत्येक उडानपछि जहाज तथा ब्यागेजलाई निसंक्रमित गर्नुपर्ने छ । चेक–इन बोर्डिङ, ब्यागेज क्लेम, प्रतीक्षालायमा हुने भीडभाडमा रोक लगाइएको छ ।
विदेशबाट फर्किने नेपालीले पनि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण पेस पर्नुपर्नेछ । विमानस्थलबाट सोझै घर जान चाहानेले स्थानीय सरकारको निगरानीमा १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्नुपर्नेछ । होम क्वारेन्टाइनमा बस्न नसिकने अवस्था भए काठमाडौंमा १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार