ज्यानमारा भाइरसबाट बाँकेमा थप ६ संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १८, २०७८ शनिबार २०:११:२९
१८ बैशाख, बाँके । ज्यानमारा भाइरसबाट बाँकेमा थप ६ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एकजना रहेका छन्।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका*१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो। यही वैशाख १६ गते भर्ना गरिएका उनको १७ गते साँझ ७ बजे पीसीआर गरिएको थियो। उनको रिपोर्ट नआउँदै मृत्यु भइसकेको थियो।
नेपालगन्ज उपमहानगरपालिका-६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज कोहलपुरमा राति ९ः३० बजे मृत्यु भएको छ। यही वैशाख १५ गते भर्ना गरिएका उनको १६ गते पीसीआर परीक्षण गरिएको थियो।
नेपालगन्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका-५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको छ। यही वैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलिपल्ट पीसीआर गरिएको थियो। गएराति १० बजे उनको मृत्यु भएको हो।
नेपालगन्ज-१० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका बिरामीको आज बिहान ४ बजे मृत्यु भएको छ।
मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका-११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख १० गते कोहलपुरमा भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। राति १२ः३० बजे उनको मृत्यु भएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ।
दाङ दंगीशरण गाउँपालिका-१ का ६० वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ। यही वैशाख ८ गते भर्ना गरिएका उनको ११ गते पीसीआर गरिएको थियो। उनको आज बिहान ४ बजे मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११८ पुगेको छ। रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार