निषेधाज्ञामा तनावबाट मुक्तका लागि कलम र कागज साथी
नेपालबहस संवाददाता
बैशाख १८, २०७८ शनिबार २०:२२:३
१८ बैशाख, काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथि हुन सक्नेमा जोड दिइएको छ ।
सुशील कोइराला मेमोरियल फाउण्डेसनले आज यहाँ भर्चुअल माध्यमबाट आयोजना गरेको ‘महामारी र फाउन्टेन पेन’ अन्वेषण यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा फाउन्टेन पेन सङ्कलनमा विशेष रुचि राख्नुहुने भारतीय पत्रकार, शिक्षक र लेखक शुभव्रत गाङ्गुलीले महामारीमा निषेधाज्ञाले गरेको आर्थिक अस्थिरतामा आय हुँदैन, घरपरिवार कसरी पाल्ने भन्ने चिन्ताले मानिसमा हुने तनाव व्यवस्थापन गर्न फाउन्टेन पेन सहयोगी हुन सक्ने बताए ।
अलमलमा जाने फुर्सदको समयलाई उपयोग गर्न कलम र कागजले मद्दत गर्ने भएकाले यसमा मानिसको ध्यानाकर्षण गराउनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा फाउण्डेसनका सदस्य सचिव अतुल कोइरालाले निषेधाज्ञाबीच घरमै बस्न बाध्य मानिसका मनमा लागेका कुरा कलमका माध्यमबाट कथा, कविता, लघुकथालगायत साहित्यका विधामा ढालेर अभिव्यक्त गर्दा आत्मविश्वास बढ्नुका साथै शरीरमा रोग प्रतिरोधी क्षमतासमेत वृद्धि हुने बताए ।
हात हातमा मोबाइल, सामाजिक सञ्जालमा व्यस्त हुँदा अनुत्पादक क्षेत्रमा सक्रिय भई मानिसमा चिन्ता बढेकाले कलमको प्रयोग गर्न समाजलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएका उनले सुनाए। यस्ता विषयमा फाउण्डेसनले अध्ययन अनुसन्धानलाई पनि निरन्तरता दिएको जनाएको छ ।
सो अवसरमा सुलेख ९क्यालिग्राफर० विज्ञ केसी जनार्दनले हस्ताक्षर, कलम र दिमागले शरीर एवं मनका लागि ध्यानको काम गर्ने, हस्ताक्षर फरेन्सिक जाँच गर्न पनि उपयोगी हुने भएकाले यसको उपयोगिता रहेकामा जोड दिए। यसले लेखन सुधार गर्न पनि सहयोग गर्ने भएकाले समाजका सबै क्षेत्रमा लागेका मानिसका लागि कलम र कागज उपयोगी हुने भनाइ उनले राखे ।
कार्यक्रममा माइक्रोसफ्टका लेखा कार्यकारी दीपेन्द्रराज बज्राचार्य, डा यादव पण्डित, रोजी कट्टेल, रामचन्द्र पोखरेल, पत्रकार जगत नेपाललगायतले महामारीबाट शिक्षा, स्वास्थ्य, अर्थ लगायतसमाजका सबै क्षेत्र प्रभावित पारेकाले कलम र कागजको उपयोग गरेर प्रतिभा विकासका काम गर्न सकिने आफूहरुको अनुभव रहेकामा जोड दिए ।
लेखन कार्यले मन र शरीरको समन्वय हुँदा चलायमान भई स्वास्थ्याई समेत राम्रो हुने कार्यक्रमका वक्ताको भनाइ थियो । कागज र कलम दुवै वातावरणमैत्री भएको पनि कुनै नोक्सानी नगर्ने, कम्प्युटर, ल्यापटप, ट्याब्लेटलगायत विद्युतीय सामग्रीमा काम गरिरहँदा समस्या धेरै हुन सक्ने भएको पनि कागज र कलम निषेधाज्ञाका बेला उपयोग गर्न उनीहरुले सुझाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न व्यक्तिहरू पक्राउ
मंसिर ३, २०८१ सोमबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार