यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय
नेपालबहस संवाददाता
बैशाख १८, २०७८ शनिबार २१:२५:१२
१८ वैशाख, काठमाडौं । अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।
“देशभर कोरोना संक्रमणले धमाधम मान्छे मरिरहेका छन्, डोल्पामा पनि १० संक्रमित पुगिसके, यहि दरमा संक्रमण बढे यार्सागुम्बा पाटन खुला गर्ने विषयमा पुनःएक पटक सोच्नुपर्ने हुन्छ, निर्णय पनि सोहीअनुसार भएको छ”, प्रजिअ ढकालले भने ।
प्रशासनको कर्तव्य सुरक्षा संयन्त्र परिचालनसँगै जनताको जीउधनको रक्षा गर्नु पनि भएकाले महामारीबाट सर्वप्रथम नागरिकलाई जोगाउनु पहिलो कर्तव्य भएको प्रजिअ ढकालको भनाइ छ । जिल्लावासीको आम्दानीको मुख्य स्रोतका रुपमा रहेको बहुमूल्य जडिबुटी यार्सागुम्बा खोल्ने निर्णयसँगै अधिकांश नागरिकले खुशी व्यक्त गरेका छन् भने कतिपयले विरोध गरेका छन् । अधिकाशं नागरिकले अघिल्लो वर्ष यार्सागुम्बा नखुल्दा जिल्लावासीको आर्थिक अवस्था धरासायी भएकाले यार्सापाटन खोल्ने निर्णय स्वागतयोग्य भएको बताए ।
मध्यवर्ती क्षेत्रका नागरिक, मध्यवर्ती क्षेत्रबाहेक जिल्ला भित्रका नागरिक र जिल्ला बाहिरका नागरिकका लागि छुट्टाछुट्टै प्रवेश शुल्क निर्धारण गरिएको छ । त्यसमा क्रमश रु ५००, रु दुई हजार र रु तीन हजार रकम तोकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार