सिन्धुपाल्चोकमा कोरोनाबाट एकको मृत्यु, प्रहरी उपरीक्षकसहित २६ संक्रमित
नेपालबहस संवाददाता
बैशाख १८, २०७८ आइतबार ०:१८:४६
१८ वैशाख, चौतारा । कोभिड–१९ संक्रमणबाट सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–४ कुभिण्डेका ३८ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।
कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि योसँगै जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सुनकोशी गाउँपालिकाअन्तर्गत खाडीचौरस्थित सिन्धु विकास बैंकमा कार्यरत एक कर्मचारीको केही दिनअघि भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैबीच, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीसहित २६ जनामा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । संक्रमित व्यक्तिहरू धेरैजसो कर्मचारी भएकाले उनीहरू होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित भएपछि कोभिड र इमरजेन्सीबाहेक चौतारा अस्पतालका अन्य सेवाहरु आजबाट बन्द गरिएको छ ।
दोस्रो लहरको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । त्यस्तै, हिजो बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले चौतारा, बाह्रविसे, खाडीचौर, जलबिरे, मेलम्ची लगायतका प्रमुख बजारका पसलहरु बिहान १० देखि बन्द गर्नाका साथै जिल्ला प्रवेश गर्ने नाकामा हेल्थ डेस्क ‘स्वास्थ्य जाँच केन्द्र’ राख्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मापदण्ड अपनाउनाका साथै अत्यावश्यक कामबाहेक अनावश्यक रुपमा हिँड्डुल नगर्नसमेत सर्वसाधारणलाई अपिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार