कोरोना कहरकाे दोस्रो लहर : त्रास बढ्यो, अपहेलना घट्यो
नेपालबहस संवाददाता
बैशाख १८, २०७८ आइतबार ०:२९:४६
१८ वैशाख, धनगढी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि अत्यन्तै प्रभावित बनेको छ । राजधानी काठमाडौंलगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएका छन् । दैनिक हजारौंको सङ्ख्यामा सङ्क्रमित थपिँदै छन् भने दैनिक मृतकको सङ्ख्या दुई अङ्ककै छ । तैपनि पहिलो चरणमा जस्तो कोरोना सङ्क्रमित र उनीहरूका परिवारले अहिले सामाजिक अपहेलना भोग्नु परेको छैन ।
पहिलो चरणको कोरोना महामारी फैलिएको बेला गत वर्ष कोरोना भएका मात्र हैन कोरोना निको भइसकेकाहरू र उनीहरूका परिवारका सदस्यहरूले सामाजिक अपहेलना भोग्नु पथ्र्यो तर अहिले सङ्क्रमितहरु पनि कुनै अपहेलनाविना होम आइसोलेशनमा बसिरहेका छन् । घरेलु उपाय अपनाएर कोरोनासँग लडिरहेका छन् ।
गत वर्ष कोरोना सङ्क्रमण फैलिँदाको अवस्था सम्झँदै कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले भने, “त्यति बेला त कोरोना लागेका र भारतबाट आएकाहरू मान्छे नै होइनन् जस्तो व्यवहार समाजमा देख्दा हामीलाई व्यवस्थापन गर्न निकै समस्या थियो । तर पहिलो चरणको कोरोना फैलिरहँदा मानिसहरूमा कोरोना संक्रमितलाई हेर्ने जुन नजरिया थियो त्यो अहिले बदलिएको छ ।” पहिलो चरणमा कोरोना सङ्क्रमित त छोडौँ कोरोना जितेका व्यक्तिका परिवार नै सामाजिक क्रियाकलापमा सहभागी हुन पाउँदैन थिए । उनीहरू रोगलाई पराजित गरिसक्दा पनि समाजमा स्थापित हुन निकै समस्या थियो तर अहिले त्यस्तो छैन भन्दै उनले अहिले हाम्रा स्वाथ्यकर्मीहरुले सम्झाइबुझाइ गर्दा स्थानीयवासी मान्नुहुन्छ त्यसैले अहिले अलि सजिलो भएको बताए ।
अघिल्लो पटक कोरोना संक्रमितत बिरामीको उपचार गरेर डेरा फर्कंदा वरपर त्रासको माहोल हुन्थ्यो आफूलाई पनि चिन्ता हुन्थ्यो तर अहिले त्यस्तो किसिमको चिन्ता नरहेको उनको भनाइ छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कार्यरत स्टाफ नर्स सुस्मा विकले भने, “अहिले कोरोना सङ्क्रमित द्रुत गतिमा बढिरहेको छ र ज्यान पनि धेरैले गुमाउँदै छन, उनीहरुलाई बचाउन नसक्दा चाहिँ मन अमिलो हुने गरेको छ ।” यसरी कोरोना संक्रमणको ग्राफ बढे पनि समाजमा अहिले आफूहरूको कामलाई लिएर पहिले जस्तो त्रास र अपहेलनाको अवस्था नभएका कारण काम गर्न लाग्ने डर भने हराएको उनको भनाइ छ ।
गएको वर्ष कोरोना महामारीका कारण भारतबाट आफ्नो जन्मभूमि आउँदा पाएको दुःख र आफ्नै ठाउँमा गरिएको व्यवहार सम्झने हो भने त अहिले पनि मन भक्कानिएर आउने गरेको कैलालीको घोडाघोडी नगरपालिका–११ का ठागुराम कठरियाले बताउनुभयो । उनले त्यति बेला भारतबाट आएका मानिस भनेपछि समाजमा एक किसिमको आतङ्क हुन्थ्यो भने । अहिले समाजमा त्यस्तो किसिमको आतङ्क नरहेको र संक्रमित भएका भए पनि होम आइसोलेशनमा बस्न आफूहरूले सुझाउने गरेको उनको भनाइ छ । संक्रमित पहिलेको जस्तो अवस्था भएको भए अहिले आफू होम आइसोलेशनमा बस्न नसक्ने स्थितिमा रहने बताए । कोरोनाका बारेमा समाजमा फैलाइएको अपवाह नै खतरनाक साबित भएको उनको भनाइ छ ।
अहिले वरपरका छिमेकीले परिवारका सदस्यलाई आफ्ना बारेमा चिन्ता लिएको देख्दा साँच्चै समाजमा रहेको त्यो सोच चिरिए झैँ लाग्ने गरेको उनले बताए । आफू सङ्क्रमित हुँदा पहिलेको जस्तै अवस्था होला कि भन्ने पीरले सताए पनि त्यस्तो व्यवहार नपाउँदा आनन्द लागेको उनको भनाइ छ । उनले समाजमा एकअर्कालार्ई परेको खण्डमा काँधमा काँध मिलाउने नेपाली संस्कार जीवितै रहेको महसुस भएको उल्लेख गरे । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार
अनुगमनका क्रममा ४ सय १५ बोरा रासायनिक मल जफत
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार