पत्रकार महासंघका नवनिर्वाचित समितिद्वारा पदभार ग्रहण
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १६:५७:५९
मिना कंडेल
१९ वैशाख, नवलपुर । नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासी शाखाको दोस्रो अधिवेशनवाट निर्वाचित सदस्यले पदभार ग्रहण गरेका छन् । २०७७ चैत २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित जिल्ला कार्य समिति, प्रदेश सदस्य र केन्द्रिय सदस्यहरुले शुक्रबार पदस्थापना गरेका हुन् ।
पदस्थापना कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकले संघीय ब्यवस्थाको कार्यान्वयन गरिरहेका बेला पत्रकार जगतले संघीयताको अनुभूत गर्न नपाएको बताए ।
मोफसलमा रहेर पत्रकारिता गर्नेहरुका पीडा र मार्का आफुले बुझेको बताउदै अध्यक्ष पोखरेलले ती समस्या समाधानका लागि सहयोग गर्ने बताए । पत्रकारका लागि स्वास्थ्य बिमा, ब्यवसायिक पत्रकारिता, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका पक्षमा आफना योजना रहेको अध्यक्ष पोखरेलको भनाई छ । प्रेस संकुचन गर्ने गतिबिधी बिरुद्धका आवाज वुलन्द गराउदै पत्रकारिताको विकासका लागि केन्द्रदेखि मोफसलका पत्रकारसंससंगै अघि बढ्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीका निर्वतमान अध्यक्ष होमराज रानाभाट, नेपाल प्रेस युनियनका केन्द्रिय सल्लाहाकार शिव लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विद्रोही गिरी लगायतले पत्रकार र पेशागत दायित्वका बारेमा सुझाव सहित निष्पक्ष पत्रकारिताका आवश्यकताका बारेमा जोड दिएका थिए ।
यसैगरी नवनिर्वाचित अध्यक्ष विरेन्द्र पराजुलीले पत्रकार महासंघ सवैको साझा चौतारी रहेकाले सबैको अवनत्व हुने गरी आफु प्रतिबद्ध भई लाग्ने बताए । पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्रीराम सिग्देलले स्वागत, धन्यवाद एवं सचिव प्रेम न्यौपानेले संचालन गरेका थिए । यसैगरी, सोही कार्यक्रममा अध्यक्ष रानाभाट र कोषाध्यक्ष ईश्वरी चापागाईले नवनिर्वाचित अध्यक्ष विरेन्द्र पराजुलीलाई माइन्यूट हस्तान्तर गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा
भदौ ३०, २०८१ आइतबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
भदौ २९, २०८१ शनिबार
हीरापाटाका एक सय ५० घरमा ‘एक घर–एक धारा’
भदौ २६, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार