बझाङमा बालबालिकालाई स्टेशनरी वितरण
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १६:५५:३६
१९ वैशाख,बझाङ । बझाङ जिल्लाका दुईवटा गाउँपालिकाका तीन हजार ४०० बालबालिकाहरुलाई ट्र्याकसुट र स्टेशनरी वितरण गरिएको छ । प्रगतिशील युवा समाज र वल्र्डभिजनको साझेदारीमा जयपृथ्वी नगरपालिका र केदारस्यु गाउँपालिकामा कार्यक्रम लागू भएका वडाहरुका विद्यालयमा अध्ययनरत २ देखि १० वर्षसम्मको उमेर समूहका बालबालिकालाई ट्र्याकसुट र स्टेशनरी वितरण गरिएको हो ।
बाल प्रायोजन कार्यक्रमअन्तर्गत आर्थिक अवस्था कमजोर भएका र जोखिममा रहेका बालबालिकाको शिक्षामा पहुँच होस् भन्ने उद्देश्यले सो सामग्रीहरु वितरण गरिएको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।
विद्यालयमा अध्यनरत बालबालिकाको प्रारम्भिक स्वास्थ्यलाई समेत दृष्टिगत गरी केदारस्युँ गाउँपालिकामा रहेका २२ विद्यालय र जयपृथ्वी नगरपालिकाभित्रका २७ वटा विद्यालयका स्रोत शिक्षकहरुलाई प्रारम्भिक स्वास्थ्यबारे तालीमसमेत दिएर विद्यालयहरुलाई बालबालिकाको तौल नाप्ने मेशिन, उचाइ नाप्ने फिता, आँखाको दृष्टि चेक गर्ने चार्ट, कानको सुन्ने शक्तिलगायत सामग्रीहरु उपलब्ध गराएको वल्र्डभिजन बालस्पोन्सरशिपका फिल्ड कोर्डिनेटर तिलक केसीले जानकारी दिए । यसले गर्दा बच्चाहरुको कुपोषणको अवस्था सरसफाइको अवस्था थाहा पाएर कुनै बालबालिकालाई जटिल समस्या भएको खण्डमा नजीकको स्वास्थ्य संस्थामा रिफर गर्ने र उपचारका लागिसमेत संस्थाले पहल गर्ने उद्देश्यसमेत रहेको उनले बताए ।
विगत केही वर्षदेखि समाजले जिल्लाका दुईवटा स्थानीय तहमा शिक्षा, स्वास्थ्य, जीविकोपार्जनलगायत क्षेत्रमा स्थानीय तहहरुसँग समन्वय सहकार्य गर्दै काम गर्दै आएको छ । साथै संस्थाले दुईवटै स्थानीय तहमा बर्थिङ सेन्टरमा चाहिने उपकरण, खानेपानीका धाराहरु निर्माणलगायत कामहरु गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा
पुष ५, २०८१ शुक्रबार
झापा कपः चर्च ब्वाइज क्लब फाइनलमा
पुष ५, २०८१ शुक्रबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
नेपालमा शून्य दशमलव ७५ प्रतिशतले बढ्यो वन क्षेत्र
पुष ५, २०८१ शुक्रबार