‘न पायौं मन्त्री न रह्यौं सांसद’ जसपा चार मन्त्रीहरुको विचल्ली
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १७:३१:५५
१९ बैशाख, काठमाडौं । मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात राजीनामा दिएपछि एकसाता अघि उनको मन्त्रीमण्डलमा सहभागी हुन पुगेका जनता समाजवादी दलबाट कारवाहीमा परेका चारजना मन्त्रीहरुको विचल्ली भएको छ ।
अविश्वासको प्रस्तावमा हस्ताक्षर गरिसकेर पनि पार्टीको निर्णय विपरित लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेको भन्दै पार्टीले उनीहरुलाई सांसद पदबाट हटाइएको थियाे । उनीहरुलाई पुनः शपथ गराउने कुरा चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले आज बिहान राजीनामा दिएपछि उनीहरु थप अन्योलमा परेका छन् ।
पोखरेलको राजीनामासँगै उनीहरु ‘न पायौं मन्त्री न रह्यौ सांसद’ को अवस्थामा पुगेका छन् । पार्टीले कारवाही गरेपछि उनीहरुको सांसद पद पनि रहेन भने मन्त्री पद पनि गुमेको थियो । रमाइलो कुरा त के छ भने जसपाका यी चार सांसदलाई पदमुक्त गराउन सफल भएर पोख्रेल प्रदेशसभामा बहुमत प्राप्त दलको नेता बन्दै पुन: मुख्यमन्त्री बन्ने बाटो सुरक्षित गरेका छन् ।
त्यसो त कारवाहीमा परेका चारजना सांसदहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सर्वोच्च जाने तयारीमा छन् । जसपाको कार्यकारिणी समितिको बहुमत सदस्यको निर्णयबाट कारवाहीमा परे पनि यता महन्थ ठाकुर र राजेन्द्र महतोले भने कारवाहीको कार्यान्वयन नगर्नु भनि निर्वाचन आयोग समक्ष निवेदन दिएका छन् । पोख्रेलले राजीनामा दिएपछिको अवस्थामा अब सर्वोच्च जाने नजाने विषयमा छलफल गर्न महन्थ ठाकुर र राजेन्द्र महतो थप छलफलमा जुटेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार