हेटौँडाको विजय राइस मिललाई ५० हजार जरिवाना
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १७:३९:१३
१९ वैशाख,मकवानपुर । हेटौँडा उपमहानगरपालिका–२ डेहम्बी हाइटमा सञ्चालनमा रहेको विजय राइस मिललाई रु ५० हजार जरिवाना गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा रहेको अनुगमन टोलीले आज खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञा पत्र विना व्यवसाय सञ्चालन र अरूको ब्रान्डलाई पुनः प्याकिङ गरी बिक्री÷वितरण गरेको भन्दै अनुगमनस्थलमा नै जरिवान गरिएको हो ।
उक्त मिललाई जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य सङ्घको संयुक्त अनुगमन टोलीले अन्य उद्योगको ब्रान्डलाई पुनः प्याकेजिङ गरी आफ्नो उत्पादन बनाएर बिक्री÷वितरण गरेको र खाद्य वस्तु अस्तव्यत अवस्थामा अखाद्य वस्तुसँगै राखेको, उद्योगको बोर्ड नराखेको र उत्पादत वस्तुमा उपभोग मिति उल्लेख नगरेका कारण जरिवाना गरिएको सहायक प्रजिअ शर्माले बताए ।
उक्त मिललाई जरिवाना बुझाउन र थप सुधारका काम गर्न सात दिनको समय दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरले वातावरण र कृषि क्षेत्रका सकारात्मक अभ्यास पछ्याउने
असोज १०, २०८१ बिहिबार
बागमती सरकारद्वारा ६७ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
असोज ६, २०८१ आइतबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार