बेलझुण्डी अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार २०:७:५९
१९ वैशाख,दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना संक्रमितको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– ९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए ।
तुलसीपुरका पुरुष हिजोदेखि सो अस्पतालमा उपचाररत थिए । उनीको आज दिउँसो पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, घोराहीका पुरुष गत वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनीको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।
यसैबीच कोरोना अस्पतालमा उपचारत ४० जना कोरोना संक्रमितको ज्यान जोखिममा रहेको व्यवस्थापक वली जानकारी दिए । अक्सिजन अभाव हुँदा संक्रमितको ज्यान जोखिममा परेको हो । “हिजो बेलुका ८ बजेदेखि अक्सिजनको व्यवस्थापन गर्न भनी जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको अहिले स्थिति सङ्कटपूर्ण हुन लागिसक्यो”, उनले भने । हाल कोरोना अस्पताल बेलझुण्डीमा ५९ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध नगराउने जर्मनीको निर्णय
मंसिर ३, २०८१ सोमबार
एनपीएलको पहिलो खेल विराटनगर र जनकपुरबीच हुने
मंसिर ३, २०८१ सोमबार
आज राति ११ बजेदेखि मुग्लिङ–पोखरा सडक बन्द हुने
मंसिर ३, २०८१ सोमबार