सुदूरमा संक्रमणबाट ८ दिनमा ४३ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार २३:५५:८
१९ वैशाख, डोटी । संक्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् ।
निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका २, बैतडी १, बझाङ १, दार्चुलाका १ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
यसैगरी भारतबाट रोजगरी गरी घरफर्किएका डोटीका दुईको मृत्यु भएको थियो । उनीहरूको कोरोना परीक्षण नगरिएका कारण कोरोना संक्रमणबाट मृत्यु भएको सूचीमा नराखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । कोरोना कहर शुरु भएदेखि हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका नागरिक रहेका छन् । कोरोना संक्रमित हुने दर बढेसँगै मृत्यु हुने दर पनि बढ्दै गएको स्वास्थ्य निर्देशक डा गुणराज अवस्थिले जानकारी दिए । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा गत वैशाख ११ गते शनिबार ११०, यस्तै १२ गते आइतबार ५७, सोमबार ६७, मंगलबार २८३, बुधबार २८९, यस्तै बिहीबार २४६ र शुक्रबार १९१ जना संक्रमित फेला परेको निर्देशनालयले जानकारी दिएको छ ।
यसैगरी आठ दिनको अवधिमा १६८ जना सङ्क्रमितले कोराबाट निको भएका छन् । प्रदेशको नौवटै जिल्लाको तथ्याङ्कका आधारमा गत शनिबार ४७ संक्रमितले कोरोना निको भइ घर पकिएका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले बिभिन्न योजना अघि सारे पनि यहाँको प्रदेशमा कोरोना रोकथाम तथा नियन्त्रण हुन सकेको छैन । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकहरूको स्वास्थ्य जाँच नगरी सिधै गाउँमा जाने गरेका कारण यहाँका गाउँ घरमा कोरोनाको जोखिम बढेको स्थानीयवासी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
लहानमा अटो रिक्साको सङ्ख्या बृद्धि हुन थालेपछि ट्राफिक व्यवस्थापनमा समस्या
पुष १५, २०८१ सोमबार
पहिलो सुदूरपश्चिम मेयर सम्मेलन २०८१ आजदेखि सुरु हुँदै
पुष १५, २०८१ सोमबार
तमु ल्होसारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ: उपराष्ट्रपति यादव
पुष १५, २०८१ सोमबार
साउदी अरेबियाबाट आएका थप एक नेपालीमा मंकीपक्स पुष्टि
पुष १५, २०८१ सोमबार
आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरे मनोकांक्ष पूरा हुने शास्त्रीय मान्यता
पुष १५, २०८१ सोमबार